आफ्नो सन्तानलाई पुड्को हुनबाट जोगाउन यी ९ काम गर्नुस्

पुड्कोपनको सस्या पछिल्लो समय अस्वस्थ खानपानका कारण बढीरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

अधिकाशं हामी कतै पाहुना जाँदा होस् वा पाहुनाको स्वागत गर्दा सजिलोका लागि भन्दै जङ्गफुडको प्रयोग गर्दै आइरहेका छौ । यसरी कोशेलीका रुपमा लगिएको जङ्गफुड खानका बानि लागेका बालबालिका दाल, भात, तरकारी, सागसब्जी, फलफूल जस्ता आवश्यक खानेकुरा खान मन गर्दैनन् ।

त्यसैले आजकाल धेरै बच्चाहरु बजारमा पाइने प्याकेटका तयारी जंकफुड खाने गर्दछन् । तर प्याकेटका खाद्य सामाग्रीमा पर्याप्त पोषण नहुने भएकाले बच्चाहरु पुड्कोपन हुनसक्छन् ।

विश्व स्वास्थ सङ्गठनले निर्धारण गरेको मापद’ण्ड अनुसार औसत बच्चाहरु जन्मदा ४५ देखि ५० सेन्टिमिटर सम्मको रहने गर्दछन् । एक वर्षभित्र बच्चाको उचाई २५ सेन्टिमिरसम्म बढ्नु पर्छ । २ वर्षमा १२ सेन्टिमिटर बढ्ने तथा त्यसपछिका ३ बर्ष हरेक बर्ष ७ देखि ९ सेन्टिमिटर उचाइ बढ्नुपर्छ । अन्यथा उमेर अनुसारको उचाइ नबढे पुड्कोपन हुनसक्छ ।

पुड्कोपन हुनुको प्रमुख कारण भनेको जङ्कफुड खानमा धेरै चासो दिनु हो । यस प्रकारको समस्याको समाधान गर्ने मुख्य जिम्मेवारी भनेको अविभावकको हुन्छ । अभिभावक बाहेक विद्यालय पनि यसको जिम्मेवार हो । अझ कतिपय स्थानमा वि’पद्का बेला सहयोग भन्दै बाडिने राहत सामाग्रीमा पनि जङ्कफुड बढि मात्रा हुने गरेको छ ।

पुड्कोपन कम गर्न जान्नुपर्ने उपाय
१. आफ्ना सन्तानमा पुड्कोपन नहोस् भन्नका लागी ग’र्भवती अवस्थादेखि नै नियमित ग’र्भजाँच गराउनुपर्छ ।
२. चिकित्सकको परामर्श अनुसार ग’र्भाअवस्थामा आइरन, क्याल्सियम चक्किको सेवन गर्ने ।

३. ग’र्भवती हुदाँ अन्य समय भन्दा बढि मात्रामा पौष्टिक आहार खाने । पहेँलो फलफूल, माछामासु, सागसब्जी दिन बिराएर सेवन गर्ने ।
४. ग’र्भवस्थामा आमालाई त’नाव हुने कुनै काम नगर्ने ।

५. ग’र्भवती महिलासंग झ’गडा गर्ने, कु’टपि’ट गर्ने वा रुवाउने काम गर्नुहुदैन ।
६. शिशु जन्मीएपछि लगाइने सबै खो’पहरु खोप तालिका अनुसारको समयमा लगाउने ।

७. शिशु जन्मिएपछि शिशुको उचित स्याहार गर्ने । कम्तीमा ६ महिनासम्म आमाको दुधको मात्र सेवन गराउने ।
८. बच्चालाई खानामा कोदो, फापर, गहुँ वा चामलको प्रयोग गर्ने, झोल वा दाल अनिवार्य ख्वाउने, हरीयो सागसब्जी, पाकेका फलफुल तथा प्रसस्त पानी ख्वाउने ।

९. कम्तीमा साताको २ पटक दूधदहि, माछामासुको खाने । खाजामा मकै, भटमास, चना, चिउरा लगायतको सामाग्री खाने बानि बसाल्ने ।

प्रकाशित मिति १७ चैत्र २०७७, मंगलवार ११:१०