बालबालिकासँग आँचलले मनाइन् जन्मदिन(फ़ोटो फ़िचर)

नायिका आँचल शर्मा आजबाट २३ बर्ष पुरा भएर २४ बर्षमा प्रवेश गरेकी छिन् । उनै, आँचलले गोकर्णमा रहेको एक बाल गृ’हमा पुगेर जन्मदिन मनाएकी छिन् । ‘संयुक्त अ’पाङ्ग एकता आ’वाज केन्द्र’का बालबालिकासँग आँचलले जन्मदिन सेलिव्रेशन गरेकी हुन् । गतबर्ष पनि उनी यही के’न्द्रमा जन्मदिन मनाउन पुगेकी थिइन् ।

यो के’न्द्रमा ४८ जना बालबालिका रहेका छन् । नायिका शर्माले बालबालिकाहरुलाई खानेकुरा वितरण गरेकी थिइन् । यस्तै, उनी बालबालिकाहरुका लागि चामल, दाल, तरकारी लगायतका खाद्यान्न लिएर के’न्द्रमा पुगेकी थिइन् ।

आँचलले यो केन्द्रलाई १ लाख १० हजार रकम समेत सहयोग गर्ने बताएकी छिन् । अन्य, समाजसेवाका कामहरु विस्तारै अगाडि बढाउने योजना उनको छ ।

यस्तै, आँचलले यो के’न्द्रलाई १ लाख १० हजार रकम समेत सहयोग गर्ने बताएकी छिन् । अन्य, समाजसेवाका कामहरु विस्तारै अगाडि बढाउने योजना उनको छ ।

नायिका शर्मा बालबालिकासँग जन्मदिन मनाउन आफ्ना पति उदिप श्रेष्ठ र बाबु–आमासँग पुगेकी थिइन् । उनले भनिन्–‘म गतबर्षदेखि यो केन्द्रमा आउन थालेकी हुँ । मेरो यहाँका बालबालिकासँग विशेष क नेक्शन छ । यो मैले कुनै प्र’चारका लागि गरेकी होइनँ । आफ्नो विशेष दिनलाई विशेष बनाउने विभिन्न तरिका हुन्छन् । मैले भने बालबालिकासँग जन्मदिन मनाउने गरेकी छु ।’

यस्तै, उदिपको परिवार पनि आँचल जस्तो समाजसेवी बुहारी पाएको भन्दै खुशी देखिएका थिए । आँचलले आफूलाई जन्मदिनको शुभकामना उदिपले नै पहिलो पटक दिएको जानकारी दिइन् ।

प्रकाशित मिति ५ चैत्र २०७६, बुधबार १०:५३