चर्चित अभिनेत्री काजल अग्रवालका सुन्दर…..(हेर्नुहोस युवाकाे मनै लोभ्याउने काजलका यस्ता…..२० तस्वीरमा)

एजेन्सी– साउथ इन्डियन चलचित्र हुँदै बलिउडमा प्रवेश गरेकी अभिनेत्री काजल अग्रवाल सधैँ चर्चामा रहन्छिन् । सुन्दर अनुहार, पहिरन र अभिनयका कारण उनी चर्चा हुन्छिन् । सिंघम फिल्ममार्फत बलिउडमा डेब्यु गरे पनि उनी बलिउडमा भने खासै जम्न सकिनन् ।

बलिउडमा जम्न नसके पनि साउथ फिल्ममा उनी शीर्ष अभिनेत्रीको रुपमा परिचित छन् । उनले रणदीप हुड्डासँग दो लफ्जोङकी कहानी र स्पेशल–२६ मा पनि काम गरिसकेकी छन् । त्यसपछि उनले अन्य बलिउड फिल्म भने गरेकी छैनन् । सिंघम फिल्ममा अजय देवगनसँग काम गरिन्, फिल्म सुपरहिट भयो, तर काजल भने छाँयामा परिन् । काजलले बलिउड नफापे पनि साउथ फिल्ममा उनी डिमान्डेड अभिनेत्री नै हुन् ।

फिल्मी करियर शुरु गर्नुपूर्व उनी विज्ञापनमा काम गर्दै आएकी थिइन् । काजलको करियरकै सुपरहिट फिल्म राजामौलीको मगधिरा हो । उनले इन्टाग्राममा सेयर गरेका तस्वीर यस्ता छन्-






यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।
सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् ।

पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।
चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

प्रकाशित मिति ५ चैत्र २०७६, बुधबार ०९:३४