ट्राफिक नियम उ’ल्लंघन गर्ने चालक र सहचालकलाई प्रहरीको नमस्कार

काठमाडौं । प्रहरीको आ’चरणका बारेमा बेलाबेलामा प्रश्न उठ्ने गरेको छ । अनावश्यक ठाउँमा बल प्रयोग गर्ने, सामान्य ग’ल्तीमा पनि ठूलो ए’क्सन लिने जस्ता ब्य’वहारका कारण प्रहरीको आ’लोचना हुने गरेको हो । तर ट्राफिक प्रहरीले भने नियम उल्लंघन गर्नेहरुलाई पनि नमस्कार गर्ने भएका छन् । ट्राफिक प्रहरीले नियम उ’ल्लंघन गरेका चालक र सहचालकलाई चि’ट का’ट्ने सिट्ठी फु’केर ल’खेट्ने लगायतका गतिविधि गरेको त देखिएको छ । तर अब भने ट्राफिक प्रहरीको फरक ब्य!वहार देख्न पाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नि’यम उल्लंघन गर्ने लगायत अन्य सेवाग्राहीलाई सम्मानको लागि ‘नमस्कार’ अभियान शुरु गरेको छ।

नियम उ’ल्लंघन गर्ने सवारी चालक र सहचालकले अब ट्राफिक प्रहरीको ह’प्की खानु पर्दैन । अबदेखि सवारी नियम उ’ल्लंघन गर्ने चालकलाई सडकमा तै’नाथ ट्राफिक प्रहरीले का’रबाही गर्नुभन्दा पहिले नमस्कार गर्नेछन्। उनीहरुको ब्यवहारमा परिवर्तन आउने भएको छ ।

नियम उ’ल्लंघन गरेवापत का’रवाही भने भोग्नु पर्नेछ तर त्यो पनि नमस्कारका साथमा । पहिला ट्राफिक प्रहरीले नमस्कार गर्नेछन् त्यसपछि आवश्यकताअनुसार का’नुन कार्यान्वयनका लागि का’रबाही गर्नेछन् । अथवा आवश्यकता अनुसार सम्झाइ बुझाइ गर्नेछन्। त्यस्तै ट्राफिक नियम पालनामा सर्त’क रही प्रवृत्तिको विकास गर्न समेत सुझाउने छन्।

‘ट्राफिक कार्यालय र ट्राफिक प्रहरीहरूको स’म्पर्कमा आउने सबै नागरिकहरूलाई नमस्कार शब्द प्रयोग गरी दुवै हात जोडेर एकआपसमा आ’त्मीयता र सम्मान समेत प्रकट होस् भनेर नमस्कार अभियान सुरूवात गरको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताएका छन् । उनले यो ट्राफिक प्रहरीको नयाँ नियम नभएपनि का’र्यान्वयमा नआएका कारण पुनर्जागरण गर्न लागिएको बताए ।

प्रकाशित मिति ३ चैत्र २०७६, सोमबार १५:४८