सामाजमा घ’टेका घ’टनाहरुलाई उजागर गरेका कृति मेरा रोजाईका हुन:विष्णु परीयार

नेपाली साहित्यको क्षेत्रमा अहिले विभिन्न सुनोलौ फूलहरु फुलिरहेका छन । ति मध्ये एक फूलको नाम हाे बिष्णु परीयार जो नेपाली साहित्यिक क्षेत्रमा सुगन्ध छर्न लाग्नुभएको छ । २०५५ साल असोज महिनाको ७ गते सुर्खेत जिल्लाको चिङगाड गाउपालिका वडा नं ५ मा जन्मनुभएकि बिष्णु अहिले स’शस्त्र प्रहरि जवान पदमा रहेर सुरक्षा र साहित्यबाट देशको सेवा गरिरहनुभएको छ । उनको भर्खरै मात्र खण्डकाव्य ‘छोरीको क’र्म’ प्रकाशित भएको छ।अव यै साहित्य क्षेत्रको आसपासमा रहेर केही कुराकानी प्रस्तुत गर्दै छौ ।

सर्वप्रथम त बधाई/शुभकामना यहाको कृतिको लागि ?
हजुर धन्यबाद ।

यस कृतिको पाठक क्रिया/प्रतिकृया कस्तो पाईरहनु भएको छ अझ भनौ कस्तो अ नुभूति भैरहेको छ ?

एकदमै राम्रो अ नुभुती भैरहेको छ ,किनकि मेराे प्रयासलाई पाठकले एकदमै मन पराईदिनुभयकाे छ,मैले साेचेकाे पनि थिएन जुन मेराे पुस्तककले सम्पूर्ण साहित्य प्रेमिहरुकाे मन यसरी छु’न्छ भनेर,

यहाँलाई विशेष गरी कस्तो पुस्तक पढ्न मन लाग्छ ?
मलाई विशेषगरी जुन सामाजमा घ’टेका घ’टनाको उजागर गरेका र साहित्यकाे विविध विधाहरु मन पर्छ,

यस खण्डकाव्य छोरीको कर्ममा मा के विशेष छ जो पाठकहरुले पढ्न खोजुन् ?

मेराे पुस्तक छाेरिकाे क’र्म खण्डकाव्यमा बिशेष गरि नेपाली समाजमा नारीकाे द’यनिय अबस्थाकाे बारेमा चित्रण गरेको छ,जुन एउटा छाेरी भएपछि उसले भाे’ग्ने तमाम किसिमको स’मस्या उसले पर्खेर बस्दा भबिस्य राे’किने,उसको स्थाई घरनै नहुने ,जहाँ गर्याे दु’:ख त्यही रहने ,जस्तो अत्यन्तै मा’र्मिक शब्दहरु मैले समेटेर लेखेकाे छु,यै खुराक नै मेरा प्रिय पाठकको लागि समर्पित हुन ।

तपाईं कुन कुन विधामा कलम च’लाउनु हुन्छ र कस्तो अबस्थामा हुँदा बढी सिर्जनाहरु फुर्छन ?

म साहित्यकाे कथा कविता ,गजल ,मुक्तक,उपन्यास ,निबन्ध जस्तो बिबिध बिधामा कलम च’लाउने गर्दछु,भने मैले खासै त्यही अबस्थामा भनेर टिकाउन चाहिँ सक्दिन किनकि जब लेख्ने माेड भित्रबाटै आएपछि म साहित्य सिर्जना गर्ने  गर्छु,

साहित्य लेखन तपाईंको कहिले र कस्को प्रेरणाबाट सुरु भो ?

मेराे साहित्य लेखन त भर्खरै मात्रामा भएकाे हाे ,लेख्न त म सानैबाट लेख्ने गर्दथे तर ,याे कथा भयाे अर्थात मैले लेखेको साहित्यकाे एउटा बिधा हाे भन्ने पनि थाहा नपाए मैले लेखनलाई अगाडि बढाए र जुन पछि कक्षा बार्ह पढेपछि मैले मलाई नेपाली पढाउने शिक्षक उपेन्द्र खनाल सरकाे प्रेरणा बाट साहित्य चिने र म निरन्तर लागिरहे,

यो क्षेत्रमा परिवारको सपोर्ट कत्तिको जरुरि छ र  तपाईँले कत्तिको सहयोग पाईरहनु भएको छ ?

आफ्नो रुचिको क्षेत्रमा सपोर्ट पाउनु आफैमा राम्रो कुरा हो ।मेरो ह’क पनी परिवारकाे सपार्ट एकदमै छ ,र मैले उहाँको साथ सहयोग पाइराखेकाे छु।

आजकल साहित्यमा साहित्य पूर्णतया शुद्ध छ अथवा अरु कुराको पनी प्रभाव छ जस्तो लाग्छ ?

वास्तवमा भन्ने हाे भने साहित्य भनेपछि हाम्रो मुलुकमा जुन असङ्ख्य कु’रितीहरु छन र त्यो कु-संस्कारलाई फटाएर एउटा सुनाैलाे समाज निर्माण गर्नसक्ने शक्ति साहित्यकाे हरेक बिधामा छ,र जतिपनि साहित्यकारहरु हुनुहुन्छ उहाँहरुकाे साेचाई फरक हुनसक्छ तर मैले के भन्छु भने हाम्रो साहित्य भनेकाे आफैमा पुर्ण छ शुद्ध छ जस्तो लाग्छ मलाई ।

 साहित्य लेखन र पारिवारिक बाताबरणलाई अनी यो देशसेवा लाई कसरि मेन्टेन गरि रहनुभएको छ ?

अब मलाई हरेक कुराकाे म्यानेज गर्ने त गा’र्‍हो नै हुन्छ तर सबैभन्दा ठुलो इच्छा हाे ,आफुले चाहेपछि जसरि नि ट’र्दोरहेछ,

आफ्नो भाषा लिपि र कला संस्कृतिलाई जोगाउने हेतुले खोलिएका यी बिभिन्न संघ-संस्थाहरुले के साँच्चिनै कला र संस्कृतिलाई जोगाए जस्तो लाग्छ ?

त्यसलाई नराम्रो भन्न मिल्दैन किनकि हरेक कुरालाई न’कारात्मक रुपमा लिनु भनेकाे मानिसकाे त्याे ठुलो क’मजोरी हाे र हरेक कार्यक्रम गर्दा कतिपय राम्रो गर्ने खाेज्दाखाेज्दै त्यसले न’राम्रो रुप लिन्छ र कतिपय स्वा’र्थ प्र’वृतिकाे पनि छन  ।

महिला सर्जकहरु कमै मात्रमा छन्, त्यसमा पनि धेरैले त विभिन्न आ’रोप खे’प्नुपर्ने हुन्छ, यस्ता आ’रोपहरु आउँदा लेखनमा कतिको बा’धा आउँछ ?

वास्तवमा म अरुलाई बिस्वास नगरि आफुलाई विस्वास गर्ने मान्छे परे हुन त बिस्वास नै गर्दिन त भन्दिन,मानिसकाे मनमा त काे पस्न सक्छ र,कसैले आ’लाेचना गर्दैमा म घ’टुवा हुने पनी होइन ,छन् छनत स्त्रीलाई शं’काकाे दा’यरा भित्र राख्ने चलन हाम्रो समाजमा ,निकै प्रभाब त पर्छ लेखनमा तर आफुले ख’राब पक्षबाट टाढा रहनुपर्ने हुन्छ ।

प्रसंग बदलौं,तपाईंलाई कुन नेपाली किताब सम्झिँदा ‘यो किताब चैं मैले लेखेको भए हुन्थ्यो’ जस्तो लाग्छ ?

मलाई साहित्यका पुस्तक सम्झिदा मलाई एकदमै मन परेकाे उपन्यास अमर न्याैपाने सरकाे सेताे धरति उपन्यास लेख्न पाए जस्तो लाग्छ,

एकदिनका लागि कुनै लेखक बन्न दिए तपाई को बन्न रुचाउनु हुन्थ्यो ?

मलाई एकदिकाे लागि लेखक बन्न दिए म कृष्ण धाराबासी बनेर लेख्ने थिए हाेला शायद ,मलाई उहाको सम्पूर्ण लेख रचना एकदमै मन पर्छ,

अब अरु कुनै नयाँ कृति पाठकहरु कुन विधाको कहिले सम्म पाउन सक्छन ?

मेराे अप्रकाशित कृति त धेरै छन जसमा एउटा कथा सङ्ग्रह पाठक समक्ष ल्याउन जमर्को गरेकाे छु

अब अन्त्यमा मैले सोध्न छु’टाएको र तपाईंलाई भन्नु पर्छ जस्तो लागेको केहि छ ? 

भन्छन , कुरा त कहील्यै पनी सकिदैन यसरी प्रशंग बढ्दै अगि बढेमा तर पनी यो संवाद पढ्नुहुनेको प्रीय पाठकहरुको लागि भने मेरो बारेमा केही जानकारी भने पक्कै पुग्यो होला कुरा टु’ङ्गाउनको लागि ।

हवस्  धन्यबाद आफ्नो अमुल्य समय हामीलाई ख’र्चिनु भएकोमा  ।

कृतज्ञ हजुर र हजुरको मिडिया प्रति पनी ।

प्रकाशित मिति २ चैत्र २०७६, आईतवार १३:०६