यी ३ राशी हुने छोरी बुहारी हुन्छन् लक्ष्मी समान, घरलाई बनाउँछन् स्वर्ग

काठमाडौँ । वैवाहिक जीवनमा बाँ’धिनु भनेको महिला पुरुषको मिलन मात्र नभई दुई परिवारको मिलन पनि हो । पारिवारिक मेलमिलाप र वैवाहिक जीवन सुखमय भएमा मात्र जीवन सुखद रूपमा अगाडि बढ्न सक्छ । आफ्नो जिवनमा आउने जीवन साथी उत्कृष्ट परोस् भन्ने हरेक पुरुषको चाहाना हुन्छ । उस्तै परिवारले पनि बत्तिसै लक्ष्निले युक्त बुहारीको आस राखेका हुन्छन् ।

ज्योतिष शास्त्रका अनुसार हरेक व्यक्तिको भविष्य कस्तो रहने भन्ने बारे अडकल लगाउने गर्दछन् । फरक फरक राशि अनुसार मानिसमा हुने भाग्य र व्यवहार फरक हुने गर्दछ । विवाहको सम्बन्धमा पनि राशि अनुसारको वै’वाहिक सम्बन्ध साथै परिवाको निर्धारण रहने गर्दछ। ज्योतिषशास्त्रका यी तल दिइएका उल्लिखित राशि हुने युवतीहरू धेरै सफल र राम्रा बुहारी बन्न सक्छन्।

वृष राशीः वृष राशि हुने युवतीहरु धेरैनै समझदार हुन्छन्। आफ्नो मात्र खुशी मात्र नभई पूरै परिवारको खुशीलाई यस राशि हुनेहरु प्राथमिकतामा राख्छन्। अ’भावमा पनि चित्त बुजाउन सक्ने हुँदा परिवार माथि आइलाग्ने हरेक दुखमा वृष राशि हुने बुहारीहरुले साथ दिन्छन्।सहन शक्तिले भरिपूर्ण हुनाले पनि यस राशि हुने बुहारीहरु उत्कृष्ट मानिन्छन्। निर्णय लिने मामलामा पनि यस राशि हुनेहरु समझदार मानिन्छन्।

कन्या राशिः कन्या राशि हुने महिलाहरु शान्त स्वभावका हुन्छन्। कुनै पनि विषयमा छिट्टै प्रतिक्रिया जनाउँदैनन्। कलह देखि पनि कन्या राशिहुनेहरु टाढा रहन रुचाउँछन्। जसकारण बुहारीको रुपमा कन्या राशि हुने युवतीहरु उदाहरणनै बन्न सक्छन्। परिवारको हरेक कार्यमा आफ्नो सहभागिता जनाउने हुँदा परिवार खुशी रहन सक्छ। आर्थिक मामिलामा पनि कन्या राशि हुने बुहारीहरु बुद्धिमानी मानिन्छन्।

मीन राशिः मीन राशि हुने बुहारीहरु पनि उत्कृष्ट मानिन्छन्। उनीहरु आफू भन्दा पनि परिवारलाई प्राथमिकतामा राख्छन्। परिवारमा आइपर्ने दुख माथि उनीझरुको विशेष नि’गरानी रहने गर्छन् दुखको समयमा परिवारलाई उचित सल्लाह दिन्छन्। यति मात्र नभई उचित कदम चाल्न सक्ने समेत यस राशि हुने बुहारीहरुमा क्षमता हुन्छ। बाहिरी उकसाहटमा कुनै पनि कदम चाल्नु अगाडी धेरै सोच्ने हुँदा पनि मीन राशि हुने बुहारीहरु लक्ष्मी समान हुन्छन्।

यो पनि समाचार

जुम्ला। जुम्लामा शैक्षिक सत्र सुरु भएको एक महिना बितिसक्दा पनि कक्षा एकका पाठ्यपुस्तक जुम्लाका कुनै पनि बिद्यालयमा पुग्न सकेको छैन। माघ २५ गते बाट नयाँ शैक्षिक सत्र सुरुहुने जुम्लामा पाठ्यपुस्तक ढिला पुग्ने समस्या हरेक बर्ष बेहोर्नु परेको छ। जुम्लाका कतिपय बिद्यालयमा हालसम्म पनि पाठ्यपुस्तक पुगेको छैन भने एक कक्षाको पाठ्यपुस्तक जिल्लाभर कतैपनि पुर्‍याइएको छैन। यस शैक्षिक सत्रबाट कक्षा एकको पाठ्यक्रम बदिएकाले छपाइ हुन ढिला भएको नेपालगन्जस्थित नयाँमुलुक प्रकाशनले बताएको छ।

जिल्लाको सिजा गाउँपालिकाको कैलाश माबि फुंग्र र कनकासुन्दरि गाउँपालिकाका केही बिद्यालय लगायतमा कक्षा एक देखि १० सम्मका बिद्यार्थी पाठ्यपुस्तक बिना पढ्न बा’ध्य छन्। नयाँ भर्नासंगै बिद्यार्थीको हातमा पाठ्यपुस्तक दिने चाहना कहिल्यै पुरा हुन नसकेको सिजा गाउँपालिकाका सामाजिक बिकास शाखाका संयाेजक नवीन शर्माले गुनासो गरे।

जुम्ला लगायत कर्णालिका हिमालि जिल्लामा समयमै पाठ्यपुस्तक नपुगेको बिषयमा अनैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतले अदालतमा रिट दायर गरेका हो। इन्सेकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवार काठमाण्डौं, शिक्षा तथा मानव श्रोत विकास केन्द्र, सानोठीमी भक्तपुर, राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषद, जनक शिक्षा सामाग्री केन्द्र, सानोठीमी भक्तपुरलाई विपक्षी बनाएर बुधबार उच्च अदालत सुर्खेत, जुम्ला इजलासमा रिट दायर गरेको हो।

 

प्रकाशित मिति ३० फाल्गुन २०७६, शुक्रबार ०८:२५