आज वि.सं. २०७६ फागुन ३०। शुक्रबार। इ.स. २०२० मार्च १३। को राशिफल हेर्नुहोस

आज वि.सं. २०७६ फागुन ३०। शुक्रबार। इ.स. २०२० मार्च १३। ने.सं. ११४० चिल्लागा। चैत्र कृष्णपक्ष। चतुर्थी उपप्रा.को हेरौ आजको राशिफल:

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ।

बृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

सोखले खर्च बढाए पनि भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। लगनशीलताले नयाँ काम गर्ने अवसर दिलाउनेछ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।

मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह

शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ।

कर्कट – CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आजको कामले दिगो फाइदा हुनेछ। मित्रजन सहयोगीका रूपमा देखा पर्नेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। अरूको सुझावमा भर नपर्नुहोला। आफन्त र परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ।

सिंह – LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सहयोगीहरू प्र’तिस्पर्धीका रूपमा देखापर्नेछन्। श’त्रुभाव राख्नेहरूबाट स’जग रहनुपर्ला। प्रयत्न गर्दा दिगो काम प्रारम्भ गर्न सकिनेछ। नयाँ कार्यशैलीले लोकप्रियता पनि दिलाउनेछ। प्र’तिस्पर्धी समेत सहयोगीका रूपमा उपस्थित हुनेछन्।

कन्या – VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ। बोली–व्यहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले भने फाइदा दिलाउनेछ। तार्किक क्षमता बढ्नेछ भने बुद्धिको माध्यमले लक्ष्यमा पुर्याउन सक्छ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ।

तुला – LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बिछोडिएका आफन्तसँग भेटघाट होला। कामको सफलताले हौसला जगाउनेछ। त र्क र क टनीतिले अवसर दिलाए पनि आत्मसम्मान जोगाउन स जग रहनुपर्ला।

बृश्चिक – SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु

ख र्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सोखले वि’लासी वस्तुहरूमा ख’र्च गराउनेछ। लेनदेनतर्फ अ’पेक्षित लाभांश हातलागी नहुन सक्छ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्नेछ।

धनु – SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ।

मकर – CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि

तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। साइनो गाँ’स्नेहरूबाट जोगिएर काम गर्नुहोला।

कुम्भ – AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द

तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर दिलाउनेछ।

मीन – PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अ’स्वस्थताले कमजोरीको अनुभूति हुनेछ। शुभचिन्तक र प्र’तिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ। काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक सं’केत प्राप्त हुनेछ।

र अन्त्यमा राशिफलमा जे जस्तो लेखिएता पनी भनिएता पनी हामी भाग्यमा भन्दा धैरे कर्ममा विश्वास गर्न जानियो भने पक्कै पनी त्यसको फलअवस्यपनी शुभ फलदायी नै हुन्छ भन्दै हजुरहरुको आजको दिन शुभ /मंगल रहोस भवतु सब्ब मंगलम !

प्रकाशित मिति ३० फाल्गुन २०७६, शुक्रबार ००:५७