यस्तो देखियो आँचललाई बेहुली बन्दा (फोटोफिचर)

काठमाडौं : नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठ बैवाहिक ब’न्धनमा बाँ धिएका छन्। करिब एक वर्षको प्रेम स’म्बन्धलाई उनीहरुले आज विवाहमा परिणत गरेका हुन्।

उनीहरुको बिहे अगाडि संगीत समारोह, मेहेन्दी समारोह आयोजना गरिएको थियो । आँचल र उदिपले मेहेन्दीले हातमा एक अर्काको नाम लेखेका छन् ।





यो पनी पढ्नुहोस
जब दुलहीले बुलेट बाइकमा बिहे मण्डपमा ‘इन्ट्री’ गरिन् !

नेपाली समाजमा पछिल्ला दिनहरुमा समाजमा हरेक दिन नयाँ र फरक कामहरु भइरहेका हुन्छन् । जुन कुरा सुन्दा हामीलाई विश्वास गर्न गाह्रो हुन्छ तर ति वास्तवमैं सत्य हुन्छन् त्यस्तै एक घ’टना भएको छ ।

भारतको गयामा भएको एक विवाह समारोहमा दुलही बुलेट बाइकमा चढेर मण्डपसम्म पुगेपछि चर्चाको विषय बनेको छ । दुलही लिन बोधगयाको टेकुना फार्मबाट जन्ती आएको थियो । सबैको अपेक्षाविपरित दुलहीले कालो चश्मा लगाएर बुलेट मोटरसाइकल चढेर मण्डपसम्म पुगेकी थिइन् ।

बिवाहका लागि दुलाहा रथमा सवार भएर जन्तीका साथ आएका थिए । उनको राम्रो स्वागत गरियो । भारतीय समाचार एजेन्सी आइएएनएसका अनुसार जन्ती आएपछि सबै वरमालाको तयारीमा जुटे ।

तयारी पूरा भएपछि दुलही आउने समय पर्खेका थिए । तर निक्की नाम गरेकी दुलही आइन, बुलेट बाइकमा । फिल्मी शैलीमा आएकी दुलही लिन दुलाहा नितिश कुमार बाइकसम्म नै पुगेका थिए । त्यसपछि बिहेको सबै रितिरिवाज पूरा गरेर दुवैको बिहे भएको थियो ।

प्रकाशित मिति २९ फाल्गुन २०७६, बिहीबार १५:११