धादिङ्गमा ३०० भन्दा बढी जन्ती लिएर बेहुली लिन पुगेको जन्ती नलिई फर्कियो !

धादिङ। महिला अ’धिकारकर्मीको पहलमा धादिङमा दुई बा’लविवाहको घ’टना रोकिएको छ । गल्छी गाउँपालिका–६ बाहुनपलाङबाट ३०० भन्दा बढी जन्ती लिएर बेहुली लिन गजुरी गाउँपालिका-६ मिलनटार गएको जन्ती आज बेहुली नलिई फ’र्केको छ ।

कृष्ण अधिकारीले २ वस, र अन्य गाडी रिजर्व गरि ३ सय जन्ती लिएर आउदैं गरेको खवर फोनमा पाई सकेका बे’हुलापक्षलाई वैरेनी प्रहरीचौकी र इलाका प्रहरी कार्यालयबाट गएको प्रहरीले विवाह रो’केको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी सहायक निरिक्षक जनक बस्नेतले जानाकारी दिनुभयो ।

२ वस, र अन्य गाडी रि’जर्व गरि ३ सय जन्ती लिएर आउदैं गरेको खवर फोनमा पाई सकेका बेहुलापक्षलाई वैरेनी प्रहरीचौकी र इलाका प्रहरी कार्यालयबाट गएको प्रहरीले विवाह रो’केको हो ।

अठार वर्षीया बालिकाको वि’वाह हुँदै गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरीले घरमै पुगेर विवाह रो’केको इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जनक बस्नेतले जानकारी दिनुभयो ।

उन्तीस वर्षीय बेहुलाले १८ वर्षीया बालिकालाई विवाह गर्न लागेको सूचना महिला अधिकारकर्मीले इलाका प्रहरी कार्यालय गजुरीमा दिएका थिए । आमा समूहमा आबद्ध महिला अ धिकारकर्मीले बा’लविवाहको घ’टना बढेको अवस्थामा उ’जुरी गर्न बा’ध्य भएको बताएका छन् ।

यसैगरी नीलकण्ठ नगरपालिका–६ का १७ वर्षीय बालक र १६ वर्षीया बालिकाबीच विवाह भएको सूचनापछि प्रहरीले बालकलाई प’क्राउ गरेको छ । बालिकालाई ‘से’फहाउस’मा पठाइएको छ ।

उनीहरुले यही फागुन २ गते भा’गेर विवाह गरेको जनाए पनि महिला अधिकारकर्मीको उ’जुरीका आधारमा बा’लविवाह रोकिएको र फागुन २७ गते बा’लविवाह मु’द्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति २८ फाल्गुन २०७६, बुधबार १५:१५