धनकुटाका राईको कोरियामा निधन, खबर सुनेपछि श्रीमती बे’होस

धनकुटा : वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेका एक धनकुटाका एकजनाको निधन भएको छ। धनकुटा नगरपालिका–७ डाँडागाउँका ५४ वर्षीय उत्तरकुमार राईको गत मंगलबार निधन भएको हो।

मंगलबार बिहान शौचालयमा बे’होस भेटिएका राईको उपचारका क्रममा करिव ११ बजे निधन भएको हो। उनको कोरियाको सोल सिटीस्थित छनान अस्पतालमा निधन भएको कोरियामा कार्यरत धनकुटा उत्तरपानीका लालचन लामाले जानकारी दिए।

मंगलबार बिहान शौचालयमा बे’होस भेटिएका राईको उपचारका क्रममा करिव ११ बजे निधन भएको हो।

मृ’तक राईका श्रीमती र एक छोरी छन् । राईको निधनको खबर सुनेपछि उनकी श्रीमती बे’होस छिन् । बे’होस अवस्थामा रहेकी उनलाई धनकुटा जिल्ला अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति २८ फाल्गुन २०७६, बुधबार ०७:२०