कोरोनाबाट २ सय उत्तर कोरियाली सैनिकको मृ’त्यु

मंगलवार प्योङ्याङ, लगभग २ सय उत्तर कोरियाली सैनिकको कोरोना भा’इरस (कोभिड १९) सं’क्रमणका कारण ज्या’न गएको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यम ‘डेली एनके’ ले प्रकाशित गरेको छ। डेली एनकेले दाबी गरेअनुसार मार्च ६ मा उत्तर कोरियाली सैनिकको मेडिकल युनिटले सैनिक नेतृत्वलाई कोरोनाको प्रभाव सम्बन्धी रि’पोर्ट पठाएको थियो। रि’पोर्टमा १ सय ८० सैनिकले जनवरीमा कोरोना सं’क्रमणबाट ज्या’न गु’माएको उल्लेख छ। त्यस्तै ३ हजार ७ सयलाई क्वा’रेन्टाइनमा राखिएको छ।

लगभग २ सय उत्तर कोरियाली सैनिकको कोरोना भा’इरस (कोभिड १९) सं’क्रमणका कारण ज्या’न गएको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यम ‘डेली एनके’ ले प्रकाशित गरेको छ।

ज्या’न गएका अधिकांश सैनिकहरू सिनो–उत्तर कोरिया सीमाक्षेत्रमा कार्यरत थिए। उक्त रि’पोर्ट अनुसार केही सैनिक उच्च ज्वरो तथा नि’मोनियाका कारण म’रेपछि सैनिक नेतृत्वले तथ्यांक संकलन गर्न आदेश दिएपश्चात आएको हो। त्यस्तै सैनिक नेतृत्वले क्वा’रेन्टाइनमा राखिएकाको समेत तथ्यांक उल्लेख गर्न अस्पताललाई आदेश दिएको थियो। रि’पोर्टले उत्तर कोरियाली सैनिक प्रतिष्ठानमा ख’लबली म’च्चिएको डेली एनकेले जनाएको छ। साथै सैनिक नेतृत्वले कोरोना सं’क्रमणको तथ्यलाई लुकाउन विभिन्न उपायसमेत गरेको बताइएको छ।

प्रकाशित मिति २७ फाल्गुन २०७६, मंगलवार १४:२३