करिश्माको होली कोरोनाका कारण रद्द, होलीमा खर्च हुने एकलाख बढी रकम गरिन सहयोग

नायिका करिश्मा मानन्धरले हरेक वर्ष आफ्नै घरको प्राङ्गणमा होली मनाउने गर्थिन् । गोदावारीमा रहेको उनको घरमा होली मनाउन चलचित्र क्षेत्रसँग सम्बन्धित धेरै व्यक्तिहरु त्यहाँ पुगेका हुन्थे । होलीको रंग दल्ने, नाच्ने, गाउने, खानेदेखि चलचित्रको प्रचार-प्रसार समेत करिश्माको प्राङ्गणमा हुने गर्दथ्यो । तर, यो वर्ष भने करिश्माको घरको प्राङ्गण होलीमा रित्तो भएको छ ।

यस वर्ष करिश्माले होली नमनाउने भएकी छिन् । लामो समयदेखि होली मनाउँदै आएकी नायिका करिष्मा मानन्धर यो वर्ष होली नमनाउने भएकी हुन् । हरेक वर्ष कलाकारहरुलाई आफ्नै घरमा बोलाएर होली मनाउँदै आएकी करिष्माले कोरोनाको सं’क्रमणको डरले यो वर्ष होली नमनाउने निर्णय गरेकी हुन् ।

उनले एक दशकभन्दा लामो समयदेखि सयौं सेलिब्रिटीलाई गोदावरीस्थित आफ्नै घरमा बोलाएर होली मनाउँदै आएकी छिन् । हरेक नेपाली चाडपर्व मनाउन आनन्द लाग्छ चाहे दसैं, तिहार होस या फागु । गएको साल एसईईको परीक्षाको कारणले मनाउन पाइएन” उनले फेसबुक पेजमा लेखेकी छिन्, यो वर्ष उत्साह थियो ।

हरेक वर्ष कलाकारहरुलाई आफ्नै घरमा बोलाएर होली मनाउँदै आएकी करिष्माले कोरोनाको सं’क्रमणको डरले यो वर्ष होली नमनाउने निर्णय गरेकी हुन् । सट्टामा उनले चलचित्र विकास बोर्डका तत्कालीन बहालवाला अध्यक्ष केशव भट्टराईकी श्रीमतीलाई एक लाख एक हजार एकसय रुपैयाँ सहयोग गरेकी हुन् ।

तर अहिलेको कोरोना संक्रमणको यो परिस्थितिमा येस्तो नजिकबट भेटघाट हुने कार्यक्रम नगरेर सुरक्षा अपनाउँदा राम्रो हुन्छ । सरकारले कोरोना सं’क्रमणको उच्च सम्भावना रहेको भन्दै सभा, सम्मेलन तथा ठूलो संख्यामा जमघट नगर्न आग्रह गरिसकेको छ । यसैबीच, नायिका करिष्मा मान्नधरले यो वर्ष होली खेल्दा खर्च हुने रकम सहयोग गरेकी छिन् ।

उनले चलचित्र विकास बोर्डका तत्कालीन बहालवाला अध्यक्ष केशव भट्टराईकी श्रीमतीलाई एक लाख एक हजार एकसय रुपैयाँ सहयोग गरेकी हुन् । भट्टराईको नि’धन भएपछि आर्थिक अ’भाव झेलिरहेकी उनकी श्रीमती तथा परिवारलाई नायिका मानन्धरले सहयोग गरेकी हुन् ।

प्रकाशित मिति २७ फाल्गुन २०७६, मंगलवार ०६:३८