शुक्रबार महालक्ष्मी अवतार श्री सन्तोषी माताको व्रत बस्नुको कारण र व्रत बस्ने विधि जान्नुहोस

हिन्दु धार्मिक मान्यता अनुसार बार नै पिच्छे फरक फरक देवी देवताको पुजा गरी व्रत बसिन्छ । ती सबै व्रतका विधि र मान्यताहरु पनि फरक फरक हुन्छन् । शुक्रबारको दिन हिन्दु धर्मावलम्बीहरूले महालक्ष्मी देवीको पूजा गर्ने गर्दछन् । साथै यस दिनमा लक्ष्मी माताका अवतार सन्तोषी माँ, अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ ।

शुक्रबारको दिन माता सन्तोषी माताको पूजापाठ गरी विधिवत रुपमा व्रत बस्ने चलन रहिआएको छ । ज्योतिषशास्त्रका अनुसार शुक्रबार सन्तोषी माताको व्रत बस्नाले सुख– शान्ति तथा मनोकांक्षा पूरा हुन्छ ।। विशेष गरेर महिलाहरु सन्तोषी माताको ब्रत बस्छन् । माताको व्रत भौतिक सुख प्राप्तिको लागि बस्ने गरिन्छ ।

र सन्तोषी माताको पूजापाठ व्रत बस्दा शो’क, चिन्ता, आ’पतविपत आइपर्दैन र धन–सम्पत्ती प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ ।

सुख–सौभाग्यको कामना गर्दैं लगातार १६ शुक्रबार सन्तोषी माताको ब्रत बस्ने गरिन्छ । सन्तोषी माता लक्ष्मीको अ’वतार हुन् ।
सन्तोषी माता भगवान गणेशकी पुत्री हुन् भने माताको नाम रिद्धि–सिद्धि हो ।

यस्ता छन् सन्तोषी माताको व्रत र पूजा विधिः

सन्तोषी माताको ब्रतको लागी बिहान सुर्योदय अगाडी नै उठेर घर सरसफाई गर्दै,घरमा गंगाजल छर्केर शुद्ध पार्नपर्छ । पूजाको लागी आवश्यक सामग्रीहरुमा एक कलश,पानको पात,फुल,आरतीको लागी कपूर,अगरबत्ती, केरा, सन्तोषी माताको फोटो या मुर्ति, ब्रत कथा पुस्तक।

शुक्रबार बिहान स्ना’न गरेर मन्दिर या घरमै पूजा गर्न सकिन्छ । पूजाको लागी फुलले सजाएको कलश,प्रसाद हुनु आवश्यक छ भने घिउको दि’यो बा’ल्नुपर्छ।पूजा गरिसकेपछि माताको कथा आरम्भ गर्ने,र भजन गाउने। यो दिन सेतो कपडा लगाउनु पर्छ ।
त्यस्तै नियमित रुपले १६ शुक्रबार सम्म ब्रत बसिसकेपछि अन्तिम शुक्रबार विधिबिधान अनुसार देवी सन्तोषीको पूजा गर्नुपर्छ ।

यस दिन पुरी र केराको प्रसाद दान गर्ने। साथैं ८ कन्याहरुलाई खिरको प्रसाद खुवाउने गर्नुपर्दछ ।
सन्तोषी माताको ब्रत बस्दा ध्यान दिनपर्ने सबैभन्दा मुख्य कुरा ब्रतको दिन अ’मिलो छु’न र खानु हुँदैन ।

प्रकाशित मिति ९ माघ २०७६, बिहीबार १७:२८