गुगलले दियो अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना

पोखरा – इन्टरनेट सर्च इन्जिन गुगलले अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना दिएको छ ।

गुगलडुडल्समा एक भिडियो सार्वजनिक गर्दै गुगलले नारी दिवसको शुभकामना दिएको हो । उसले भिडियोमा विश्वका नारीहरुका भेषभुषा झल्किने तथा विभिन्न पेशा व्यवसायमा संलग्न नारीहरुको प्रतिनिधित्व गर्दै आकर्षक भिडियो तयार पारेको छ ।

आज मुलुकभर ११० औं अन्तर्राष्ट्रिय नारी दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । राजनितिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवस मनाइँन्छ ।

अन्तराष्ट्रीय महिला दिवस (अङ्ग्रेजी: International women’s day) अथवा नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभर मनाइन्छ । राजनीतिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् ।

यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो । सन् २०२० मा आइपुग्दा बिश्वभर ११० औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । यो मार्च महिना भर नै मनाइन्छ ।

प्रकाशित मिति २५ फाल्गुन २०७६, आईतवार ०१:४२