घरेलु मैदानमै बार्सिलेनाको हार, रोनाल्डोको दुई गोल

पोखरा/ युरोपियन च्याम्पियन्स लिगमा इटालियन च्याम्पियन युभेन्टसले स्पेनिस जायन्ट बार्सिलोनामाथि सहज जित निकालेको छ । मङ्गलबार राति भएको समूह चरणको अन्तिम खेलमा युभेन्टसले बार्सिलोनालाई ३–० गोलले हराएको हो ।

बार्सिलोनाको मैदान क्याप नोउमा युभेन्टसलाई जिताउन स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने वेस्टन केइनीले एक गोल गरे ।

खेलको १३औं मिनेटमा युभेन्टसले पेनाल्टीको मौका पाएको थियो, जसमा रोनाल्डोले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए ।

२०औं मिनेटमा केइनीले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । खेलको ५२औं मिनेटमा पुनः रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्टसलाई सहज जित दिलाए ।

जितसँगै युभेन्टस समूह ‘जी’को शीर्ष स्थानमा उक्लियो । युभेन्टसले ६ खेलबाट १५ अंक बनायो । समान अंक भएको बार्सिलोना गोलान्तरको आधारमा दोस्रो स्थानमा छ ।

युभेन्टस र बार्सिलोना दुवैले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् । भन्दा अगाडिको भेटमा बार्सिलोनाले युभेन्टसलाई उसैको मैदानमा २–० गोलले हराएको थियो ।

यस खेलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सी तथा युभेन्टसका रोनाल्डोले दुई वर्षपछि पहिलोपटक एक–अर्काविरुद्ध खेलेका हुन् ।

अघिल्लो खेलमा पोर्चुगिज स्टार रोनाल्डो उपस्थित थिएनन् । कोरोना संक्रमण भइ उनी होम आइसोलेशनमा थिए ।

मेस्सी र रोनाल्डोको ९ वर्षसम्म प्रतिद्वन्द्विता देखिएको थियो । रोनाल्डो रियल मड्रिडमा छँदा उनीहरूको प्रतिस्पर्धा गर्ने एकमात्र खेल ‘एल क्लासिको’ थियो । तर, स्पेन छोडेर इटाली आएयता मेस्सी र रोनाल्डोले एक–अर्काविरुद्ध खेल्ने मौका पाएका थिएनन् ।

प्रकाशित मिति २४ मंसिर २०७७, बुधबार ०१:२७