यी दुई नन्द भाउजु सम्बन्धीको एक खबरले सबै अचम्मित

धनगढीबाट दुई महिला वे’पत्ता भएका छन् । धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलका २० वर्षीया शान्ति पौडेल र तीन महिने सन्तानकी आमा मधु तिवारी वे’पत्ता भएका हुन । फागुन १६ गतेबाट हराएका दुवै जना अहिलेसम्म फेला पर्न नसकेको आफन्तले जनाएका छन् । वे’पत्ता शान्ति र मधु भाउजु नन्द हुन ।

भारतको गुहावटीमा विवाह गरेकी मधु सुत्केरी हुन आफ्नो धनगढीस्थित माइती घर आएकी थिइन् । सुत्केरीपछि उनी यतै बस्दै आएकी थिइन् । उनले तीन महिनाको बच्चालाई छोडेर गएको परिवारले जनाएका छन् ।

एसटीएस सिनेमा हलमा मःमः व्यापार गर्दै आएका भीम कुँवरले दुवै जनालाई लगेको परिवारको आरोप छ । गत शुक्रबार साँझ भीमले नै उनीहरुलाई मोटरसाइकलमा बसाएर लग्दै गरेको स्थानीयले देखेका मधुका बुबा एवम् शान्तिका ससुरा कृष्ण तिवारीले बताएका छन् । दुवै जना हराएको दिनदेखि भीम पनि वे’पत्ता रहेको परिवारको भनाइ छ । भीमका पनि घरमा श्रीमती र दुई सन्तान रहेको तिवारी परिवारको भनाइ छ ।

छ दिनदेखि आमा वे’पत्ता भएपछि तीन महिनाको बच्चालाई बचाउन गा’ह्रो भएको जनाएका छन् । अहिलेसम्म छिमेकका महिलाले दू’ध खुवाई दिएका कारण बच्चा बाँचेको परिवारको भनाइ छ ।

हराएका दुवै जनालाई खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा पनि निवेदन परेको छ । निवेदन परेपछि खोजीकार्य जारी राखेको तर अहिलेसम्म फेला नपरेको महिला बालबालिका सेलका खेमराज पन्तले बताए । ‘हामीले तदारुकताका साथ खोजी गरिरहेका छौं । तर, अहिलेसम्म फेला पार्न सकेका छैनौं’, उनले भने ।

प्रहरीले दुवै जना कोहलपुरतिर रहेको खबर पाएको थियो । तर, त्यहाँ पनि उनीहरु फेला नपरेको जनाइएको छ । अदालतबाट म्याद थप गराई कल डिटेल चेकजाँच गर्ने अनुमति लिने कार्यको प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २३ फाल्गुन २०७६, शुक्रबार ०७:३६