कोरोना भा’इरस : ३३ सय ८३ को मृ’त्यु, ९७ हजार बढी सं’क्रमित कुन देशमा कती पुरा जान्नुहोस

काठमाडौं– विश्वभर फैलँदै गएको कोरोना भा’इरसको सं’क्रमणबाट ज्यान गु’माउनेको संख्या ३ हजार ३ सय ८३ पुगेको छ ।

विश्वका ८४ देशमा फैलिएको कोरोनाको सं’क्रमणबाट ९७ हजार ८ सय ५२ जना सं’क्रमित रहेको समाचार संस्था सीएनएनले जनाएको छ ।

चीनको वुहान प्रान्तबाट फैलिएको कोरोनाका कारण चीनमा मात्रै ३ हजार ४२ जनाले ज्यान गु’माएका छन् । चीनमा मात्रै सं’क्रमित हुनेको संख्या पनि सबैभन्दा धेरै अर्थात ८० हजार ५ सय ३२ छ ।

चीन बाहेकका १४ देशमा ३ सय ४१ जनाले ज्यान गु’माएका छन् । बेलायतमा पनि एकजनाको कोरोनाकै कारण ज्यान गएको छ ।

बेलायतमा कोरोना स’ङ्क्रमितको सङ्ख्या एक सय १६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३० जनाभन्दा बढीमा स’ङ्क्रमण देखिएको हो ।

चीनपछि सबैभन्दा बढी ज्यान गुमाउनेको संख्या इटालीमा पुगेको छ । कोरोनाकै सं’क्रमणबाट इटालीमा अहिलेसम्म एक सय ४८ जनाले ज्यान गु’माएका छन् । इटालीमा कोरोना सं’क्रमितको संख्या ३ हजार ८९ पुगेको छ । त्यस्तै इरानमा १ सय ७ जनाले ज्यान गु’माएमा छन् । इरानमा अहिले सम्म ३ हजार ५ सय १३ मा सं’क्रमण फैलिएको छ ।

त्यस्तै दक्षिण कोरियामा पनि कोरोना सं’क्रमण फैलनेक्रम बढेको छ । अहिलेसम्म ४२ जनाले ज्यान गुमाएका छन् भने ६ हजार २ सय ८४ जना सं’क्रमित छन् ।

त्यस्तै जापानमा १२, अमेरिकामा १२, फ्रान्समा ७, स्पेनमा ३ हङकङमा २ र इराकमा पनि २ जनाले ज्यान गु’माएका छन् ।

त्यसैगरि ताइवान, अस्ट्रेलिया, थाइल्याण्ड, फिलिपिन्स, स्वीटजरल्यान र बेलायतमा एकएक जनाले ज्यान गु’माएका छन् ।

प्रकाशित मिति २३ फाल्गुन २०७६, शुक्रबार ०४:०४