मास्क महँगोमा बेचेको वा लुकाएको थाहा पाएमा ११३७ नम्बरमा फोन गर्न आग्रह

पोखरा । मास्क (मुखावरण) महँगोमा बेचेको वा लुकाएको पाइए ११३७ नम्बरमा खबर गर्न सरकारले आग्रह गरेको छ । बजारमा मास्क नपाइने र पाइए पनि महँगो पर्ने गु’नासो बढेपछि पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न वा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा जानकारी गराउन विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आग्रह गर्नुभयो ।

उ’जुरीको आधारमा सरकारले अनुगमन गरी दो’षी पाइए तीन लाख रुपैयाँसम्म ज’रिबाना तिराउने र मु’द्दा चलाउने उहाँले बताउनुभयो । गएको मङ्गलबारदेखि बजारमा अनुगममा मास्क लुकाएको वा बढी मूल्यमा बेचेको पाइए का’रबाही गर्न पनि थालेको उहाँले जानकारी दिनुभयो । मास्क लुकाउने काठमाडौंको क्षेत्रपाटीमा रहेको नेपाल केयर सर्जिकल सप्लायर्सलाई दुई लाख रुपैयाँ ज’रिबाना तिराएको विभागले जनाएको छ ।

यसैबीच चीन र भारतले कच्चा पदार्थ आपूर्ति नगर्ने निर्णय गरेकाले हुन सक्ने सम्भावित अभाव आपूर्ति कसरी गर्ने भन्ने बारेमा सरकारले बिहीबार सम्बन्धित निकायसँग छलफल गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले मन्त्रालयका पदाधिकारीसहित सम्बन्धित निकायका व्यक्तिसँग छलफल गर्न लाग्नुभएको हो ।

प्रकाशित मिति २३ फाल्गुन २०७६, शुक्रबार ०२:२६