कोरोना सं’क्र’मणबारे भ्रम र यथार्थता थाहा पाउनुहोस

 

– डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

१. अ’ल्कोहल खाए कोरोना भा’इ’रस सर्दैन भन्ने भनाइ पूर्णतया गलत हो | अ’ल्कोहल कन्टेन्ट ह्याण्ड-वास भनेको रक्सीले हात धुने हैन | स्पिरिट मिसिएको कपासले हात सफा गर्ने हो | कोरोना सं’क्रमित व्यक्तिले अ’ल्कोहल खाएमा झनै ख’तरा हुन्छ | २. कोरोना भा’इ’रस घरपालुवा जनाबारबाट सर्दैन |

३. कोरोना भाइरस हावामा उडेर टाढाको मान्छेलाई सर्दैन | बढीमा ३ मिटरको दुरीमा रहेको कोरोना सं’क्र’मण बिरामीले खोकेमा, छ्यु गरेमा ड्रपलेटबाट सर्न सक्छ | बिरामीका सामान तथा बिरामीले छोएको ठाउँबाट पनि सर्न कोरोना सर्न सक्छ | ४. कोरोना सर्दैमा मृ’त्यु हुँदैन | धेरै जनालाई त कोरोना सरेर आफै निको भएको पनि हुन्छ | १०० जनालाई कोरोना सं’क्रमण भएमा १-२ जनाको मात्र मृ’त्यु हुन्छ |

५. कोरोना सं’क्र’मणले बुढाबुढी र अन्य दीर्घ रोगी सबैको मृ’त्यु हुने हैन | यो जो’खिम समुहले बिशेष ख्याल गर्नुपर्छ | जुनसुकै उमेरको व्यक्तिलाई पनि जो’खिम हुनसक्छ | ६. मास्कले को’रोना सं’क्र’मण रोक्न सक्दैन | सिधै सर्नबाट केहि बचाउने काम भने गर्दछ |

७. चिनियासंग भेट्दैमा, चिनिया सामान प्रयोग गर्दैमा तथा चाइनिज खाना खाँदैमा कोरोना सं’क्र’मण सर्दैन | ८. बोर्डर सिल गर्दैमा कोरोना सं’क्र’मण सर्दैन भन्ने ग्यारेन्टी हुँदैन | ९. कोरोना बियर वा कोरोना व्हि’स्की खाएर कोरोना सं’क्र’मण निको हुँदैन | त्यो केवल नाम मात्र मिलेको हो, कोरोना स्कुल जस्तै |

१०. ए’न्टिबायोटिकले कोरोना भा’इ’रसलाई मा’र्न सक्दैन | यसको लागि प्राभावकारी ए’न्टी भा’इरल औषधिको आवश्यकता हुन्छ | ११. कोरोना भा’इरस ल्याबमा बिकास गरेको हैन | १२. बाफले हात सुकाएर कोरोना भा’इरस मर्दैन |

१३. शरीरभरी अ’ल्कोहल, क्लोरिन जस्ता के’मिकल छार्दैमा कोरोना नसर्ने भन्ने हुँदैन । १४. बिश्व बजारमा आएको मिराकल मिनरल वाटर पिएर कोरोनाबाट बचिन्छ भन्ने भ्रम मात्र हो | १५. लसुन खाँदैमा कोरोना नसर्ने भन्ने हुँदैन |

कोरोनासँग ल’ड्ने क्षमता कसरी बढाउने ? यस्तो छ विज्ञको सुझाव

विश्व स्वास्थ्य संगठनले नेपाललाई नोबेल कोरोना (कोविड१९)को अति जो’खिम रहेको क्षेत्रका रूपमा राखेपछि आम नागरिकमा यो रोगका बारेमा चासो बढेको छ । कतिपय डाक्टरहरूले यसबाट आ’त्तिनु नपर्ने बताइरहेका छन् ।

जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डेले कोरोनासँग ल’ड्ने क्षमता बढाउने उपायहरू बताएका छन् । उनले सामाजिक सञ्जाल फेस्बूकमा लेख्दै कोरोना भाइ’रससँग लड्न शरीरको इम्युनिटी पावर कसरी बढाउने भन्ने बताएका छन् ।

हेरौं उनले सुझाएका उपायहरू – हाम्रो आकाश तथा धरतीमा करोडौं कि’टाणु छन् । त्यस मध्ये नोबेल कोरोना एउटा भाइ’रस हो । रोग त्यसलाई लाग्छ, जसको रोग प्र’तिरोधात्मक क्षमता कम हुन्छ । रोगसँग ल’ड्ने क्षमताको विकास गरेमा यस्ता खहरे रोगसँग ड’राउनु पर्दैन ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन निम्न उपाय अबलम्बन गरौँ ।

१.पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौं । हरियो सागसब्जी, फलफुल, दुध, गेडागुडी नियमित खाने गरौँ । खानामा जति बिबिधता भयो, हामी त्यति स्वस्थ हुन्छौं । भिटामिन C, B6, E, Zinc लगायत पोषण पाउने खाना सेवन गरौँ ।

२. नियमित व्यायाम, योग, हाइकिंग गरौँ । खेल खेल्ने बानी बसालौं । ३. घाममा बसौं । ४. नियमित अनुलोम / विलोम गरौँ । यसले फोक्सोको कार्यक्षमता वृद्धि गर्दछ । ५. चु’रोट, सु’र्ती, अ’ल्कोहलजस्ता हा’निकारक प’दा’र्थको सेवन नगरौं ।

६. बिहान / बेलुका नियमित १-१ चम्चा घ्यु खाने गरौँ । ७. लसुन, प्याज, टिमुर, जिरा, धनिया, अदुवा, बेसार, तील, मरौटि, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ ।

८. भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ । ९. पर्याप्त मात्रामा सुतौं । १०. पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफुल नियमित खाएर शरीरलाई नियमित सिंचाई गरौँ ।

११. मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ १२. दिल खोलेर हाँस्ने गरौँ । १३. नियमित चिया र कफी ( दुध \ चिनी नहालेको ) सेवन गरौँ । १४. ब्रोकाउली तथा च्याउको नियमित सेवन गरौँ । १५ . सरसफाइमा अल्छी नगरौं ।

यो पनि पढ्नुहोस :

कोरोना सं’क्रमणबाट बच्ने यो मात्रै एउटा उपाय छ 

डा. रविन्द्र पाण्डे जनस्वास्थ्य विज्ञ

– सबा अरब जनसंख्या भएको चीनमा ३५० जनाको मृ’त्यु हुनु कम क्ष’ति हो । कोरोना सं’क्र’मणबाट मृ’त्यु भएका अधिकांश व्यक्ति बुढाबुढी, क्या’न्सरजस्ता दीर्घ रो’ग लागेका तथा रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति छन् ।

– कोरोना सं’क्रमणबाट अस्पताल भर्ना भएका बिरामीहरु सन्चो हुँदै फर्किने क्रम जारी छ।

– कोरोना भाइरस कमजोर खालको भा’इरस प्रमाणित भएको छ । यसको मृ’त्यु दर १- २ % मात्र छ ।

– यसको औषधि तथा खोपको लागि अनुसन्धान भइरहेको छ ।

– यो भा’इरस गर्मी सुरु भएपछि नियन्त्रण हुने चीनको विश्वास छ ।

– कोरोना भाइरसको कारण सयौंको मृ’त्यु भयो, हजारौं सं’क्रमित भए तर करोडौं व्यक्तिहरु चि’न्ताग्र’स्त छन्।

– कोरोनाले भन्दा कोरोनाको कारण भइरहेको चि’न्ता, त’नाब, असुरक्षा महशुष जस्ता मानसिक असरले दीर्घरोगी वृद्धि हुने तथा मृ’तकको संख्या बढ्ने देखिएको छ।

– हामीकहाँ पाइने मास्कले कोरोनाको सं’क्रमण रोक्दैनन् । कोरोना भा’इरस टाउको, मास्कको बाहिरी भाग, कपडा, झोला, जुत्ता, हात आदि हुँदै घरघरमा फैलिन सक्छ ।

– हाम्रा केहि बानीको कारण कोरोना सं’क्रमणको जो’खिम उच्च छ | मान्छेतिर फर्केर खोक्ने, हाच्छ्यु गर्ने, औंलालाई मुख – नाक – आँखा – कानतिर लैजाने, हात नधोइ कानेकुरा समाउने – खाने आदि ।

– कोरोना सं’क्रमणबाट बच्ने एउटा उपाय छ, त्यो हो – खल्तीमा, ब्यागमा ह्याण्ड स्यानिटाइजर वा अ’ल्कोहल कन्टेन्ट स्यानिटाइजर राख्ने, त्यसले पटक पटक हात सफा गर्ने । साबुन पानीले हात धोएर मात्र खाना खाने ।

– हात नधोइ मुख, आँखा, नाक, कानमा छुने बानी परेका व्यक्तिहरु ।

– भीडभाडमा हिंड्दा सहि तरिकाले गुणस्तरीय मास्क ( N 95 ) प्रयोग नगर्नेहरु ।

– भेट हुँदा हात मिलाउने, ‘हग गर्ने, चु’म्बन गर्ने बानी भएका व्यक्तिहरु , आदि ।

प्रकाशित मिति २२ फाल्गुन २०७६, बिहीबार १५:३४