बिहीबारको दिन के गर्दा मिल्छ शुभफल ? :ज्योतिष शास्त्रः

ज्योतिषशास्त्र अनुसार बिहीबारको दिन बृहस्पतिको पूजा गर्नाले सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने धार्मिक विश्वास छ ।

शास्त्रअनुसार बिहीबारका दिन केही कामहरु भने ब’र्जित गरिएको छ । बृहस्पति ग्रहको अनुकूलताको लागि केही यस्ता कार्यहरु हुन्छन् जुन बिहीबारको दिन गर्नु उचित मानिँदैन ।

बिहीबारको दिन के गर्दा सुभफल मिल्छ ?

१. सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुस् । २. केसरी वा बेसारको टिका निधारमा लगाउनुहोस् । ३. पहेँलो वस्तु दान गर्नुहोस् ।

४. भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउनुहोस् । ५.केराको रुखलाई पूजा गर्नुहोस् र प्रसादमा पहेँलो रंगको पकवान वा फल चढाउनुहोस् । ६. केरा दान गर्नुहोस् ।

सम्बन्धित खबर पढ्नुहोस :

व्रत बसि भगवान विष्णुको पूजा गर्दा हुन्छ धन लाभ

विहीवार । हिन्दू धर्मावलम्बीहरुले आजको दिन गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा–आराधना गर्ने गर्दछन् ।

विहीवारको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ । यो दिन पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शौभाग्य मिल्ने विश्वास रहि आएको छ । आजको दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ ।

यो व्रत शुक्ल पक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ । त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ । बिहान स्नानपछि पहेलो वस्त्र धारण गर्ने । त्यसपछि पहेलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने र यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गर्नुपर्छ ।

यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ । व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ ।

बिहीबारको व्रत सम्पादन गर्दा केराको रुखलाई पूजा गर्ने चलन छ । पूजा गर्दा पहेँलो चन्दन, चनाको दाल, छाता, मिठाईको रुपमा लड्डु आदिको दान गरेमा लाभ मिल्नेछ । भोजन गर्दा एक छाक नुन बार्नु पर्दछ ।

प्रकाशित मिति २२ फाल्गुन २०७६, बिहीबार ०१:३३