प्रधानमन्त्री ओलीको अव केहीवेरमै मिर्गाैला प्रत्यारोपण गरिँदै

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गाैला प्र’त्यारोपण गरिने भएको छ । मिर्गाैला प्र’त्यारोपणका लागि चिकित्सकीय तयारी पूरा भएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खडकाले मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधिहरु दिन शुरु गरिएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको जानकारी दिए ।

प्रत्यारोपण अगाडि गरिने नियमित डायलायसिस तथा ल्याब परीक्षणहरु गरिने क्रम जारी रहेकाे उनले बताए । उनका अनुसार हाल प्रधानमन्त्रीको स्वास्थ्य स्थिति राम्रो अवस्थामा छ र उनी विशेषज्ञको निरन्तर निगरानीमा छन् ।

दोस्रो पटक मिर्गाैला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोली तयार भएको छ । डा ज्ञवालीको टोलीले बुधबार बिहान करिब ९ बजेबाट प्रत्यारोपण शुरु गर्ने छ ।

यसअघि २०६४ मा भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गर्ने चिकित्सकलाई अस्पतालमा आमन्त्रण गरिएको छ । उनी हिजै काठमाडौं आइसकेका छन् ।


यो पनी पढ्नुहोस:
को’रोना त्रा’स : ९ कक्षासम्मको परीक्षा चैत ५ भित्र सक्न निर्देशन

काठमाडौं- संसारभर कोरोना भा’इरसको सं’क्र’मण बढेसँगै शिक्षा मन्त्रालयले चैत ५ गतेभित्र कक्षा ९ सम्मको परीक्षा सक्न निर्देशन दिएको छ।

मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै शिक्षा मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र गरिसक्न निर्देशन दिएको हो।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ- ‘विश्वभर कोरोना भा’इरस को सं’क्र’मण र स’न्त्रा’स बढ्दै गएको सन्दर्भमा आवश्यक स’तर्कता अपनाउनु उपयुक्त भएकाले विद्यालयगत रुपमा सञ्चालन हुने शैक्षिक सत्र २०७६ को कक्षा १ देखि कक्षा ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र प्रारम्भ गरी आगामी चैत ५ गतेभित्र सम्पन्न गरिसक्ने अवस्था गर्न गराउन तथा विद्यालयमा सभा, सभारोह, वार्षिक उत्साव लगायत जनभेला हुने प्रकृतिका कार्यक्रमको आयोजना नगर्न, नगराउन यस मन्त्रालय सम्बन्धित सबैमा आह्वान गर्दछ ।’

सरकारले माध्यामिक शिक्षा परीक्षा (एसईई) चैत ६ देखि १५ गतेसम्म हुने कार्यतालिका सार्वजनिक गरेको छ।

प्रकाशित मिति २१ फाल्गुन २०७६, बुधबार ०१:५१