प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अ’खिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आज साँझ माइतीघरमा दीप प्रज्वलन गरेको छ ।

प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यका लागि सबै नेपालीको तर्फबाट दीप प्रज्वलन गरिएको अनेरास्ववियूका संयोजक ऐन महरले जानकारी दिए ।

उनीहरुले ‘गेटवेल सून अनरेवल केपी ओली’ हात हातमा प्ले कार्ड बोकेर स्वास्थलाभको कामना गरेका थिए ।

प्रधानमन्त्री ओली मिर्गौला प्र’त्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भ’र्ना भएका छन् । प्रधानमन्धी ओलीको बुधबार मिर्गौला प्र’त्यारोपण गरिने छ ।

योपनी संगै पढ्नुहोस
कोरोनाबारे सावधानी अपनाउन वरिष्ठ नेता खनालको आग्रह

 

झापा- नेपाल क’म्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले कोभिड–१९ मानव जातिमाथि ठूलो स’ङ्कटका रुपमा देखापरेको बताएका छन् ।

झापाको बिर्तामोडमा प्रदेश नं १ स्तरीय भेला प्रशिक्षण स्थगनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले नेपालमा पनि कोरोना भा’इरस फैलिन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् ।

नेपालका विभिन्न शहरमा कोरोना भा’इरसको स’ङ्’मण हुन सक्ने सम्भावना रहेको र त्यसवाट सजग तथा सुरक्षित हुन तत्काल साना–ठूला भेला नगर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेकपा केन्द्रीय कमिटीले निर्देशन दिएपछि भेला स्थगन भएको छ ।

कार्यक्रममा नेता खनालले कोरोना भा’इरस वि’रुद्धको अभियानमा सम्पूर्ण पार्टी कार्यकर्ता र पत्रकारलाई लाग्न आग्रह गरे ।

“स्वास्थ्य मन्त्रालयले आवश्यक सावधानी अपनाउन भनिसकेको छ”, उनले भने, “हाम्रो देशमा हेल्थ केयर सिस्टम पर्याप्त छैन, त्यसैले पनि यसबाट बच्न सबैले सावधानी अपनाउन आवश्यक छ ।”

प्रकाशित मिति २० फाल्गुन २०७६, मंगलवार १५:३१