रा’जीनामा दिएर फेरि अर्थमन्त्री नियुक्त हुँदै खतिवडा !

पोखरा– राष्ट्रियसभा सदस्य मध्ये दुई वर्षे कार्यकाल पूरा गरेका १९ जनाको पदावधि मंगलबार(आज) सकिँदैछ । गोलाप्रथाबाट दुई वर्षे कार्यकाल पाएका १९ जनाको पदावधि सकिएको हो ।

राष्ट्रपतिबाट मनोनित खतिवडासहित निर्वाचित भएका अरु १७ जना सांसदहरुको कार्यकाल पूरा भएपछि आजैदेखि बि’दा हुनेछन्। कार्यकाल पूरा हुनेमा राष्ट्रपतिबाट मनोनित खतिवडासहित नेकपाका ९, कांग्रेसका ६, राजपाका २, समाजवादीका १ जना सांसद छन्।

दुईवर्षे कार्यकाल सकिने नेकपाका सांसदहरुमा हरिचरण शिवाकोटी, बलराम बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली छन् ।

कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईं, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव र धनकुमारी खतिवडाको कार्यकाल सकिएको छ ।

राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षे कार्यकाल सकिएको छ ।

१८ जना सांसदको रि’क्त रहेको ठाउँमा निर्वाचित राष्ट्रियसभा सदस्यको आजै सपथग्रहण हुँदैछ । माघ ९ गते सात वटै प्रदेशबाट चुनिएका नेकपाका १६ र राजपाका २ जना सांसद्को आज सपथ हुन लागेको हो ।

राजीनामा दिएर फेरि मन्त्री बन्दै खतिवडा !

कार्यकाल स’माप्त भएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले रा’जी’नामा दिने भएका छन् । सांसद नभएपनि उनी ६ महिनासम्म मन्त्री बन्न पाउने छन् । संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति पनि मन्त्री हुन सक्ने व्यवस्था गरिएको छ ।

धारा ७८ को उपधारा १ मा ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने ‘ उल्लेख छ ।

राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्रीमा पुनर्नियुक्त गर्ने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

नेम्वाङका अनुसार संवैधानिक प्रावधान अनुसार खतिवडालाई राजीनामा लगत्तै अर्थमन्त्रीमा पुनः नियुक्त गर्न लागिएको हो ।

प्रकाशित मिति २० फाल्गुन २०७६, मंगलवार १०:२१