क्यान्सरपीडित आमाले गरिन् छोरीको ह’त्या

काठमाडाैं माघ ८, २०७६
समाचार वाटिका
रुसको नोभोसिबिर्स्कमा लास्ट स्टेज क्यान्सर लागेकी एक आमाले आफ्नी नौ वर्षीया छोरीको घाँटी थि,चेर ह’त्या गरेकी छन् । छोरीको ह’त्या गरेपछि उनी आठौं तल्लाको झ्यालबाट हाम्फालेकी छन् ।

मारिया रुसकिख नामक २९ वर्षीया ती महिला माथिबाट खसेर पनि बाँचेकी छन् । उनलाई मानसिक स,मस्या आएकाले झ्यालबाट हाम्फालेको बताइएको छ ।

तल खसेर उनी हिउँमा पल्टिएर पी’डाका कारण कराइरहेको बेलामा उनी बस्ने भवनका अन्य मानिसले आपतकालीन सेवामा फोन गरेका थिए ।

एक पुरुषले स्थानीय सञ्चारमाध्यमलाई बताए, ‘ती महिला लगभग पूरै नां’गी थिइन् । उनको हात र गोडामा र’गत लागेको थियो तर जिउमा चोट’पटक देखिँदैनथियो । मैले उनलाई के भयो भनेर सोध्दा उनले जवाफ फर्काइनन् । उनले भनिन्– मद्दत गर्नुस् । मेरो हात गोडा छ कि छैन झैं भइराछ ।’

प्यारामेडिकहरूको एक समूहले महिलालाई एम्बुलेन्समा राखेर अस्पताल लगे । अनि प्रहरी अधिकारीहरू चाहिँ उनको कोठामा पसे । त्यहाँ महिलाकी छोरी र’गतको आहालमा डु’बिरहेको उनीहरूले देखे ।

फोरेन्सिक जाँच गर्दा महिलाको टाउकोमा भारी वस्तुले हि’र्काएको र अनि त्यसपछि घाँटी थि’चेर ह’त्या गरिएको देखियो ।

रुसकिखको शरीरमा भेटिएको र’गत उनकै छोरीको भएको अनुसन्धानकर्मीहरूले बताए ।

ती महिलाले कोठामा एउटा सन्देश पनि राखेकी रहिछन् ।
एक स्रोतका अनुसार, सन्देशमा यस्तो लेखिएको थियो : ‘म यो टाउकोदु’खाइ सहन सक्दिनँ । मलाई माफ गर ।’

सन्देशको अन्त्यमा रुसकिखले छोरीलाई एकदमै माया गर्ने लेखिन् ।

माथिबाट खसेकाले ती महिलाका अनेकौं हड्डी भाँ’डचिएका छन् । चिकित्सकहरूले उनको अवस्था ग’म्भीर तर स्थिर रहेको बताए ।

प्रहरीले महिलाविरुद्ध नाबालकको ह’त्या गरेको विषयमा फौ’जदारी अनुसन्धान गरिरहेको छ । क्यान्सरका कारण महिलाको मा’नसिक स्थिति बि‘ग्रेको र उनले छोरीलाई मा’रेर आफू पनि मर्ने कोशिश गरेको अनुसन्धानकर्मीहरूले अनुमान गरेका छन् ।

उनीहरूको परिवारलाई छिमेकीहरूले राम्रो मानेका थिए ।

महिलाका पति सेनामा छन् र उनी जहिले पनि बाहिरैतिर हुन्छन् ।

एजेन्सी

प्रकाशित मिति ९ माघ २०७६, बिहीबार ०६:५७