फेसबुक र टिकटक बारे तपाईको अनुमान नमिल्न सक्छ: हेर्नुहेस तथ्य

पोखरा– सम्भवतः तपाई फेसबुक र टिकटक दुबैको प्रयोगकर्ता हुनुहुन्छ । सुरुवातमा फेसबुक चलाएकाले यसकै प्रयोगकर्ता बढि हुन् जस्तो पनि लाग्छ । तर टिकटकको प्रयोगकर्ता अस्वभाविक रुपमा बढेसँग फेसबुकको लोकप्रियता पनि घटेको छ ।

टिकटकले फेसबुकलाई पनि उछिन्दै पपुलर एप्सको दौडमा आफुलाई अब्बल साबित गरेको छ ।

जनवरी २०२० मा टिकटक विश्वभर धेरै पटक डाउनलोड हुने एप बन्न पुगेको छ । यो एपले फेसबुकको इन्स्ट्यान्ट मेसेजिङ्ग एप ह्वाट्सएपलाई डाउनलोडको मामिलामा पछाडी पारेको हो ।

गएको वर्षको नोभेम्वरसम्ममा टिकटक १.५ अर्ब पटक डाउनलोड गरिएको थियो । यो संख्या एप स्टोर र प्ले स्टोर दुबैको हो ।

टिकटक धेरै डाउनलोड गर्नेमा भारतीय यूजरहरु रहेका छन् । यसबाट हाल छोटो भिडियो एप्स फर्महरुको लोकप्रियता द्रुत गतिमा बढिरहेको बुझिन्छ । त्यस्तै दोस्रो नम्वरमा डिन्जी रहेको छ ।

यस लिस्टमा इन्स्टाग्राम, फेसबुक म्यासेन्जर र नेटफ्लिक्स क्रमश, तेस्रो, चौथो र पाँचौ स्थानमा रहेको छ ।

प्रकाशित मिति १८ फाल्गुन २०७६, आईतवार ०८:४५