सुखी बन्न गर्नु पर्ने १० कामहरु जुन निकै सजिला छन्

धेरै मानिसहरुको तर्क हुन्छ । खुसी हुने साधनका रुपमा सैद्धान्तिकरुपमा धेरै कुराहरु भन्न सकिएला तर व्यवहारिकरुपमा खुसी हुनका लागि आजको संसारमा एउटा कुरा प्रशस्त आवश्यक पर्दछ,

त्यो हो पैसा । मानिसहरू खुसी हुनका लागि आफुसँग प्रशस्त पैसा भए हुन्छ भन्ने ठान्दछन् तर के पैसा भएका सबै मानिसहरु संसारका खुसी मानिसहरुको सूचिमा अग्रस्थानमा पर्छन् त ? हाम्रो समाजमा जोसँग धेरै पैसा छ, ति समाजका सबै भन्दा बढि खुसी छन् त ? के समृदि, सम्पन्नता, पैसा र खुसी एकै कुरा हुन् ?

तर हाम्रै समाज हेर्ने हो भने थाहा हुन्छ, खुसी हुनका लागि पैसा मात्र भएर हुदैन । यदि तपाइसँग रि’स, घ’मन्ड, इ’र्ष्या छ भने तपाइ कहिल्यै पनि खुसी बन्न सक्नुहुदैन । त्यस्तै अ’स’न्तुष्ट मानिसहरु सबै कुरा पाएर पनि खुसी हुदैनन् । अधिक महत्वाकांक्षीहरु पनि दुखी हुन्छन् ।

खुसी थोरै मानिसहरुसँगमात्रै छ । यहि दु’र्लभताका कारण मात्रै खुसी विशेष कुरा भएको होइन । भनिन्छ, खुसी रहदा मान्छेकाे आयु पनि बढ्दछ । जीवन रचनात्मक र प्रिय बन्छ । हाम्राे जीवनमा सास फेर्न जति महत्वपुर्ण छ, त्यति नै खुसी रहन पनि महत्वपुर्ण छ । खुसी हुँदा हामी स्वस्थ जीवनशैली पाउने गर्दछाै ।

आउँनुहोस्, खुसी हुनका लागि सामान्य १० कुराहरूकाे बारेमा चर्चा गराैँ ।

१. घृ’णा कम गर्नुहाेस् र माया बढि गर्नुहाेस्

विलियम शेक्सपियरले कुनै प्रसंगमा भनेका छन्, “सबैलाई माया गर, केहीलाई विश्वास गर र कसैलाई नराम्रो नगर ।” वास्तवमा खुसी हुने मन्त्र हो यो । यदि तपाई जीवनमा खुसी बन्न चाहनुहुन्छ भने तपाइले घृ’णा गर्ने बानीलाइ त्यागेर सबैलाइ माया गर्ने बानीकाे विकास गर्नु पर्दछ । किनकि तपाइले अरूलाइ घृ’णा गर्नुभयाे भने तपाईलाइ पनि घृ’णा नै गर्नेछन् र माया गर्नु भयाे भने तपाइले पनि माया नै पाउनुहुनेछ ।

अरूकाे माया पाउनु नै खुसीकाे कुरा हाे र यहि मायाले तपाईलाई जीवनभरि खुसी राख्न मद्दत गर्दछ । अरूलाइ माया गर्दा आफुले पनि माया पाउने उदेश्यले नै तपाईलाई जीवनमा खुसी हुनका लागि उत्प्रेरणा प्रदान गर्दछ ।

२. चि’न्ता कम लिनुहाेस् र नृत्य गर्नुहाेस्

मानिसहरू बढि चि’न्ता लिएर आफ्ना खुसीहरूलाई आफैले त्यागी रहेका हुन्छन् । सानो कुरालाई पनि असाध्यै ठुलो मानेर झन् चि’न्ताले समस्या थपिदिन्छन् तर यदि तपाई खुसी हुन चाहनुहुन्छ भने समाधानहरुका बारेमा सोच्नुहोस् । यसाे गर्नाले तपाईकाे मन हल्का हुनेछ र चि’न्ताप्रति तपाईकाे ध्यान पनि हट्दै जानेछ ।

एउटा भनाइ छ, चिन्तै चि’न्ताले मानिसलाइ चि’ताकाे बाटाे डाेर्याउँछ । हरेक कुरालाइ सकारात्मक तरिकाले साेच्ने गर्दा पनि निकै आनन्द मिल्ने गर्दछ । नृत्यले मानिसकाे हरेक अ’ङ्गमा सङ्गितकाे सुर भर्दिने गर्दछ । सक्नुहुन्छ भने दिनकाे १/२ घण्टा नृत्य गर्ने गर्नुहाेस् जसले गर्दा तपाईलाई खुसी मिल्नेछ ।

३. कम लिनुहाेस् र बढि दिनुहाेस्

यदि तपाईमा आ’रिस गर्ने बानी छ भने त्यसलाई तुरून्त हटाउनुहोस् किनकि आ’रिस गर्ने बानीले तपाईलाई कहिल्यै पनि खुसी हुन दिदैन । बरू तपाईमा भएका कुराहरू अरूसँग पनि बाड्ने गर्नुहाेस् । यसले तपाईलाई खुसी हुन मद्दत गर्दछ । साेच्नुस् त, आफुले जानेकाे कुरा अरूलाई सिकाउँदा कति आनन्द मिल्ने गर्छ ।

आफुभित्र लिने बानिलाइ हटाएर बढि दिने बानीकाे विकास गर्नुहाेस् र हेर्नुहाेस्, तपाई सामु खुसी कसरी आउनेछन् । धेरै जसाे मानिसहरू घरमा बढि पाहुना आए भने पनि यसरी आत्तिने गर्छन् कि मानाै उनिहरूकाे सर्वस्व सकिने छ तर घरमा आएका पाहुनालाइ खुसी बनाएर पठाउनु भयाे भने तपाईलाई पनि कुनै न कुनै कुरामा उनीहरूले खुसी पक्कै पार्नेछन् ।

४. उपभाेग कम र सिर्जना बढि गर्नुहाेस्

भन्न त उपभोक्तावादले गाँजेको समाजमा जति धेरै सामानहरु उपभोग गर्न सकिन्छ, त्यति सम्पन्न मानिन्छ तर सम्पन्नता नै खुसीको प्रतिक होइन । उपभोग गर्ने प्यासलाई कतै न कतै बिट मार्नै पर्छ । आफ्नो आवश्यकता भन्दा बढ्ता देखाउँनका लागि उपभोग गर्न नथाल्नुहोस् । यसले आर्थिक अवस्थामा गोलमटोल ल्याएर चि’न्ता थप्छ भने अ’स’न्तुष्टी झन् बढाउँछ ।

आफ्नै आँगनमा रकेट बनाउँनुस्, कोठा भित्र कम्प्युटर बनाउँनुहोस् भन्न खोजेको होइन । भन्नको मतलब साना भन्दा साना कुराहरुको आफु सिर्जना गर्न खोज्नुहोस् । हो, तपाई अ’सफल पनि हुन सक्नु हुनेछ तर सिर्जनशिलताको अभ्यास मात्रले पनि मान्छेलाई व्यस्त राख्छ र खुसी दिन्छ ।

५. नि’राश कम हुनुहाेस् र बढि मुस्कुराउनुहाेस्

यदि तपाइ नि’राश भएर बस्नु भएकाे छ भने करैले भए पनि मुस्कुराउने गर्नुहाेस् । यसले तपाइकाे नि’राशापनलाई थारै भए पनि कम गर्न मद्दत गर्दछ । केहि देशहरूमा त मानिसहरू भेला भएर हास्ने पनि गर्दछन् । याे एक स्वस्थ तथा तन्दुरूस्त रहने याेग पनि हाे । यस्ताे याेग गर्नाले तपाइकाे अनुहारमा जतिबेला पनि मुस्कान रहिरहने छ । मुस्कुराउदा तपाइले आफुलाइ मन परेकाे मान्छेलाई आफुतिर आकर्षित पनि पार्न सक्नुहुनेछ । निरास भएर आफ्नाे समय व्यर्थैमा खेर फाल्नु भन्दा त्याे समयलाइ सहि कुरामा सदुपयाेग गर्नु भयाे भने तपाइकाे जीवन खुसीले भरिने छ ।

६. थारै बेल्नुहाेस् र धेरै सुन्नुहाेस्

काेही काेही मान्छेहरूकाे धेरै बाेल्ने बानी हुन्छ जसले गर्दा उनिहरूलाइ आफुले के बाेले भन्ने समेत थाहा हुदैन र पछुताउनु पर्छ । त्यहि भएर जहिलै पनि बाेल्दा आफु के बाेल्दैछु भन्ने कुरामा स’तर्क रहनु पर्छ । एउटा भनाइ छ, बाेल्न पाए भन्दैमा प्या’च्च नबाेल्नु र बस्न पाए भन्दैमा थ्याच्च नबस्नु । बरू धेरै सुन्ने गर्ने बानीकाे विकास गर्नुहाेस् । यसले गर्दा तपाई कहिल्यै पनि दुखी बन्नु पर्दैन । बरु सुन्ने बानीले मानिसहरुको प्रिय भइन्छ भने केहि ज्ञान र जानकारी पनि पाइन्छ ।

७. थाेरै ड’राउनुहाेस् र धेरै कोशिस गर्नुहाेस्

हरेक दिन केहि नयाँ गर्ने साेच्नुहाेस् । यदि तपाई नयाँ गर्न चाहनुहुन्छ भने केहि बा’धा अ’ड्चन त अवश्य पनि आउँछन । तर ति बा’धाहरूकाे न’ड’राइ सा’मना गर्न सकियाे भने मात्र तपाई अघि बड्न सक्नुहुनेछ । साेच्नुहाेस् त, जब तपाई यस्ता कुराहरूकाे सामना गर्दै अघि बड्न थाल्नुहुन्छ तब तपाईलाइ कति धेरै खुसी मिल्छ हाेला । त्यसैले जे सुकै गर्दा पनि ड’राउँनु भन्दा बढि काेसिस गर्ने गर्नुहाेस् । डर हाम्राे जीवनकाे सबैभन्दा कमजाेर ह’तियार हाे भने साहस सबैभन्दा बलियाे ह’तियार हाे ।

८. गु’नासाे कम र कदर बढि गर्नुहाेस्

खुसी बन्नका लागि तपाइले गु’नासाे गर्ने बानीलाइ त्याग्नु पर्दछ । यदि तपाइ हरेक सानाे तिनाे कुरामा पनि गु’नासाे गर्न थाल्नु भयाे भने तपाइकाे खुसि पनि हराउदै जान्छ । अरूकाे कामलाइ कदर गर्ने गर्नुहाेस् । अरूकाे कामलाइ कदर गर्दा आफैलाइ पनि खुसी लाग्दछ । एक सच्चा मानिसकाे व्यक्तित्व यसबाट पनि चिनिन्छ कि उसले अरूलाइ र अरूकाे कामलाइ कतिकाे कदर गर्ने गरेकाे छ । अरूकाे कदर गर्ने मान्छेलाइ साथ दिनेहरूकाे पनि कहिल्यै कमि हुदैन ।

९. थाेरै हेर्नुहाेस् र बढि गर्नुहाेस्

यदि तपाई खुसी बन्न चाहनुहुन्छ भने कुनै पनि कुरालाइ कम नियाल्ने गर्नुहाेस् र त्याे कुरालाइ बढि गर्ने गर्नुहाेस् । यदि कुनै कामलाइ कसरी गर्ने भनेर गर्नु भन्दा बढि हेरेर मात्र बस्न थाल्नु भयाे तपाईमा झनै निराशा बढ्ने छ र तपाइकाे आत्मविश्वास पनि घट्ने छ । यसले तपाईलाई कदापि खुसी हुन दिदैन र सधै दु’खि मात्र बन्नुहुनेछ । त्यसैले सधै कुनै पनि कामलाइ हेर्नु भन्दा बढि त्याे कामलाइ गर्ने गर्नुहाेस । जाे मान्छे धेरै मेहेनत गर्ने गर्छ त्याे मान्छे कहिल्यै पनि असफल भने हुदैन ।

१०. न्यायधीश नबन्नुहोस् र धेरै स्विकार्नुहाेस्

कुनै राम्रा वा नराम्रा घ’टनाक्रममा केहि मानिसहरु आवश्यकता भन्दा बढि ध्यान दिन्छन् र हरेक कुराको फाइदा वा वेफाइदाका बारेमा आवश्यकता भन्दा बढि सोच्ने गर्छन् । सुखी नहुनुको एक कारण यो पनि हो । तपाई हरेक मानिस वा घटनाक्रमका बारेमा न्यायधीश नबन्नुहोस् । हरेक कुरामा प्रतिक्रिया दिन वा हरेक कुराको फाइदा वे’फाइदा केलाउँन जरुरी हुन्न । जीवनका धेरै कुराहरुलाई स्विकार्ने मात्रै हो भने मान्छे खुसी हुन्छ ।

स्विकार्नुको अर्थ राम्रो गर्ने प्रयास नै नगर्नु होइन बरु अ’फ्ठ्यारा बेलामा जीवनको क’ठिन मोड आएको भनेर न’आत्तिनु र सुखमा न’मात्तिनु हो । जे जस्तो अवस्थामा छ त्यसलाई आफुले चाहे बमोजिम परिवर्तन गर्ने प्रयास नगर्नु हो । याद राख्नुहोला, जीवनमा सबै कुराको आवश्यकता हुन्छ । हरेक कुरालाई आफ्नो इच्छा बमोजिम चाहने ढि’पीले दुख बाहेक केहि पनि दिदैन ।

मानिसहरू खुसी हुनका लागि आफुसँग प्रशस्त पैसा भए हुन्छ भन्ने ठान्दछन् तर के पैसा भएका सबै मानिसहरु संसारका खुसी मानिसहरुको सूचिमा अग्रस्थानमा पर्छन् त ? हाम्रो समाजमा जोसँग धेरै पैसा छ, ति समाजका सबै भन्दा बढि खुसी छन् त ? के समृदि, सम्पन्नता, पैसा र खुसी एकै कुरा हुन् ?

प्रकाशित मिति १७ फाल्गुन २०७६, शनिबार ०७:५५