चीनमा सर्प, कुकुर, बिरालोलगायतका जनावरको मासु खान प्र’तिबन्ध !

सेन्जेन– जंगली जनावरका कारण को’रोनाभा’इरस मानिसमा फैलिएको वैज्ञानिकहरुले आ’शंका व्यक्त गरिरहेका बेला चीनको सेन्जेन शहरले कुकुर र बिरालोको मासु उपभोगमा प्र’तिबन्ध लगाउने तयारी थालेको छ ।

हङकङसँग सीमा जोडिएको सेन्जेन शहर प्रशासनले आइन्दा माछा र समुद्री मासुजन्य खानेकुराबाहेक कुखुरा, सुँगुर, गोरु, खरायो, हाँस, खसीबोका, परेवा, गधासहित ९ प्रकारका मात्र मासु खान सिफारिस गर्ने तयारी गरेको हो ।

सूचनामा कुकुर र बिरालाहरु पाल्तु जनावर रहेको र उनीहरुको मासु खान नहुने जनाइएको छ । त्यसबाहेक सर्प भ्यागुता र कछुवाको मासु पनि प्र’तिबन्ध लगाइएको छ

जंगली जनावरका मासु प्रतिबन्ध गर्नु विकसित मुलुकमा सामान्य विषय भएको र सभ्यताको सर्वव्यापी आवश्यकता रहेको त्यहाँको स्थानीय सरकारले जारी गरेको सूचनामा उल्लेख छ ।

उक्त सूचनामा कुकुर र बिरालाहरु पाल्तु जनावर रहेको र उनीहरुको मासु खान नहुने जनाइएको छ । त्यसबाहेक सर्प भ्यागुता र कछुवाको मासु पनि प्र’तिबन्ध लगाइएको छ । दक्षिणी चीनमा यी जनावरका मासु निकै लोकप्रिय मानिन्छन् ।

यसअघि गत सोमबार चीनको केन्द्र सरकारले जंगली जनावरका मासुको व्यापार र उपभोगमा प्र’तिबन्ध लगाउने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति १६ फाल्गुन २०७६, शुक्रबार १४:५९