अवको तीन दिनसम्म मौसम कस्तो रहन्छ त थाहा पाउनुहोस्

पोखरा – आगामी शनिबारसम्म मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मुलुकभर उल्लेख्य मौसमी प्रणाली विकास नभएकाले बिहिबारदेखि शनिबारसम्म सामान्य वदली बाहेक मौसम सफा रहने विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आउँदो शनिबारसम्म दिउँसो तथा साँझपख पूर्वी, मध्य र पश्चिमी भेगका एकाध ठाउँमा आंशिक बदलीबाहेक मौसममा उल्लेख्य बदलाव नआउने महाशाखाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यो पनी पढ्नुहोस्:
रोनाल्डोको टिम युभेन्टस लियोनसँग स्तब्ध

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लिग खेलमा क्रिष्टियानो रोनाल्डोको टिम युभेन्टस लियोनसँग स्त’ब्ध भएको छ।

घरेलु मैदानमा लियोनले ईटालियन च्याम्पियन युभेन्ट्सलाई हराउँदै पहिलो लिगको खेलमा १–० को जीत निकालेको छ । खेलको ३१ औं मिनेटमा लुकास टुसर्टले घरेलु टोलीका लागि विजयी गोल गरेका थिए ।

लिगको दोस्रो खेल मार्च १७ मा युभेन्ट्सको घरेलु मैदानमा हुनेछ ।

प्रकाशित मिति १५ फाल्गुन २०७६, बिहीबार ०२:१२