२० तस्विरमा हेर्नुहोस् हट मोडल एलिना रायमाझीलाई (फोटो फिचर)

पहिल्लो समय नेपाल गीत संङ्गीतको बजारमा निकै आशा लाग्दा गायक विशाल रायमाझिको लोक दोहोरी गीत हुलाकीमा पछिल्लो समय चलचित्र जगतमन क्रियाशील नायिका एलिना रायमाझी र गायक विशाल रायमाझी को बेजोड अभिनय रहेको थियो।

उक्त गीत को भिडियो कमेडी बेसमा निकै रमाइलो बनेको थियो । मोडल एलिना रायमाझी भन्छिन मलाई हेन्डसम, स्मार्ट र सबैको इज्जत गर्ने केटा मनपर्छ। २०५५ सालमा अर्घाखाँचीमा जन्मिएकी एलिना रायमाझी मोडलिङ र फिल्ममा जम्ने लक्ष्यसाथ ६ वर्षअघि राजधानी आएकी हुन्।

धुम थ्री र हिरो नं. १ मा नायिकाका रूपमा खेलिसकेकी रायमाझीले लगभग १ सय ५० वटा म्युजिक भिडियोमा अभिनय गरेकी छन्

यिनै सुन्दरीसँग प्रेम, विवाह, सांगीतिक क्षेत्र,लगायतका विषयमा भवनाथ प्याकुरेलले लिएको अन्तर्वार्ता राजधानी दैनिकमा छापिएको छ । त्यसको केही अंश : तपाईंले बिहेबारे केही सोच्नुभएको छ,विवाहबारे अहिले केही सोचेकी छैन।

भोलिका दिनमा मलाई बुझ्ने मान्छे आए विवाह गर्न चाहन्छु। तपाईं कस्तो जीवनसाथी होस् भन्ने चाहनुहुन्छ?मलाई मेरो परिवारलाई पनि बुझ्ने केटा जीवनसाथी होस् भन्ने चाहन्छु।

जसले मलाई रुवाउने काम नगरोस्। ग्ला,मर क्षेत्रलाई छोड नभनोस्। युवायुवतीबीच हुने प्रेम कस्तो लाग्छ? राम्रै लाग्छ, म प्रेम गरेरै विवाह गर्छु। त्यो भयो भने बुझ्न पाइन्छ।

तपाईंलाई प्रपोज गर्ने कति आए?

मलाई प्रपोज गर्ने १ हजार जति आए होलान्। म्यासेजमा कहिले विवाह गर्ने बूढी भनेर जिस्क्याउँछन्।

तपाईंलाई कस्ता केटा मन पर्छन्?

सफा, हेन्डसम, स्मार्ट, नरम र सबैको इज्जत गर्ने व्यक्ति मन पर्छ।तर अहिलेको जमानामा माया र इज्जत गर्ने धेरै पाइँदैनन्। राम्रा केटा देख्दा मन कस्तो हुन्छ? मेरो भइदियोस् जस्तो लाग्दैन। तर उसको आनीबानी देख्दा उसलाई सुहाउने केटी मिलोस् भन्ने लाग्छ।

ब्वाई फ्रेन्ड परिवर्तन गर्नेलाई के भन्नुहुन्छ?

मलाई त्यसो गरेको मन पर्दैन। अहिले गाउँदेखि सहरसम्म यस्तो धेरै देखिन्छ। यसरी परिवर्तन नगरेकै राम्रो। नेपाली रँगमञ्चमा आ आफ्नै भविष्य बनाउन तल्लीनहरूको भिडमा आफ्नो छुट्टै पहिचान र परिचय बनाउँदै गरेकी पछिल्लो समय चर्चामा रहेकी मोडल अथवा नायिका हुन एलिना रायमाझी ।

उनि सामाजिक संजालमा पनि निकै सक्रिय छन् । हेरौ  उनका केहि सुन्दर तस्बिर

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….

रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।

उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् । म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।

प्रकाशित मिति २२ कार्तिक २०७७, शनिबार ०७:४०