रमेश खरेलले भ्र’ष्टाचार विरुद्धको अभियानको नेतृत्व गर्ने

पोखरा– नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले भ्र’ष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने भएका छन् । त्यसका लागि खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल, हामी नेपाली’ नामक अभियान सञ्चालन हुने भएको छ ।

भ्र’ष्टाचारजन्य गतिविधिको विरोध गर्नुका सुशासनको पक्षमा आवज उठाउनका लागि उक्त अभियान सञ्चालन गर्न लागिएको हो । भोलि एक कार्यक्रमबाबीच उक्त अभियानको औपचारिक घोषणा गरिने भएको छ ।

अभियानमा खरेलका साथसाथै सामाजिक अभियान्ता, नागरिकसमाजका अगुवा र केही पूर्वप्रशासक समेत रहनेछन् ।

प्रकाशित मिति १४ फाल्गुन २०७६, बुधबार ०७:३१