मौसममा बदली कायमै, आज र भोली को जानकारी

पोखरा – पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कायमै रहेकाले आज पनि मुलकभरको मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले पनि मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । यो क्रम आज दिनभर नै रहनेछ ।

महाशाखाका अनुसार आज देशको पूर्वी भू-भागका केही स्थानहरूमा र मध्य र पश्चिमी भू-भागका पहाडी भेगका थोरै स्थानहरुमा मेघ ग’र्जन् / च’ट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कायमै रहेकाले आज पनि मुलकभरको मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोली विहिबारदेखि भने मौसम क्रमिक रुपमा खुल्ने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति १४ फाल्गुन २०७६, बुधबार ०३:५५