मिस नेपालको आवेदन खुल्यो, कहाँ कहाँ हुँदैछ अडिसन ?

पोखरा – मिस नेपाल २०२० को आवेदन खुला गरिएको छ । हिडन टिजरले हरेक वर्ष गर्दै आएको मिस नेपाल २०२० का लागि सोमबारबाट आवदेन खुला गरिएको हो ।

मिस नेपाल प्रतियोगितामा भाग लिन चाहनेले मिस नेपालको आधिकारिक वेबसाइट मिसनेपाल डटकम डटएनपी मा गएर आवेदन दर्ता गर्न सक्नेछन् । मिस नेपालको अडिसन फाराम निशूल्क भर्न सकिने छ ।

नेपालभरमा ९ शहरबाट मिस नेपालको अडिसन हुने भएको छ । अडिसन काठमाडौंसहित धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा, चितवन, वीरगञ्ज, विर्तामोड र धरानमा हुने आयोजकले जनाएको छ ।

मिस नेपालमा १९ वर्षदेखि २६ वर्ष उमेर समूहका युवतीहरुले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति १३ फाल्गुन २०७६, मंगलवार ११:१०