सास गै सकेको मान्छे अन्तिम संस्कार गर्दै गर्दा जुरुक्क उठेपछि

ज्यान गएको प्रमाणपत्र पाएका ब्यक्ति जुरुक्क उठेका छन् । उनको अन्तिम संस्कारको तयारी चलिरहेको थियो । यो घ’टना भारतको हो । उत्तर प्रदेशका ती युवकको अन्तिम संस्कार चलिरहँदा उनले आँखा खोलेका हुन् ।उनलाई मोहम्मद फुरकान नामले चिनाइएको छ । लखनऊमा फुरकान अन्त्येष्टि समारोहभन्दा ठीक अघि उठेका थिए । उनको चि’हा’न खनिएको थियो र उनको श’व गा’ड्न ठिक्क पारिएको थियो ।

२० वर्षीय मोहम्मद फुरकानलाई दु’र्घटना भए पछि जून २१ मा निजी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई अस्पतालले मृ त घोषित गरेको थियो । उनको श’व एम्बुलेन्समा राखेर निवासमा लगिएको थियो । जब गा’ड्नको लागि तयारी गरिरहेका थिए तक म’लामी आएका केहीले उनको अं’ग चलेको चाल पाएका थिए ।

फुरकानलाई राम मनोहर लोहिया अस्पताल लगियो । त्यहाँ डाक्टरहरूले उनी जिउँदो रहेको पुष्टि गर्दै भेन्टिलेटरमा राखेका थिए । पहिले निजी अस्पतालमा ७ लाख रूपैयाँ तिर्नुपरेको थियो र पैसा नभएको बताउँदा फुरकानलाई मृ त घोषित गरिएको थियो

प्रकाशित मिति १४ कार्तिक २०७७, शुक्रबार ०८:४३