आँचल गरिन् इन्गेजमेन्ट, अब बिहेको मिति कहिले ?

पोखरा । अभिनेत्री आँचल शर्माले इन्गेजमेन्ट गरेकी छन् । उनले प्रेमी उदिप श्रेष्ठसँग सोमबार चाबहिलको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी हुन् ।

इन्गेजमेन्टमा आँचल र उदिपका नजिकका पारिवारिक सदस्यहरुको उपस्थिति रहेको थियो । एक वर्षदेखि एकअर्काको प्रेममा रहेका उनीहरुले यही फागुन २९ गते विवाह गर्ने चर्चा छ । तर, यस विषयमा आँचलले आधिकारी पुष्टि गरेकी छैनन् । फेसबुकको माध्यमबाट प्रेममा परेकी आँचलले उदिपको प्रेम स्वीकारेकी थिइन् ।

‘नाईं नभन्नू ल ४’बाट फिल्म अभिनयमा डेब्यु गरेकी आँचलको नाम अभिनेता पल शाहसँग जोडेर विभिन्न गसिप आउने गर्दछ । तर, उनीहरुले प्रेम सम्बन्ध कहिल्यै स्वीकार गरेनन् ।

आँचल पछिल्लो समय म्युजिक भिडियोको क्वीन पनि हुन् । उनलाई भिडियो खेलाउन निर्देशक महिनौंसम्म पनि कुर्ने गर्दछन् । केही समय पहिले ‘झिँगेदाउ’ फिल्मको छायाँंकन सक्याएकी आँचल अहिले फिल्म ‘डामाडोल’ अभिनयको तयारीमा छिन् ।

त्यसैगारी राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पु¥याउने जानकारी दिइयो ।

चितवन, ललितपुर, रसुवा, तनहुँ, कञ्चनपुर, जुम्ला र सप्तरीमा सो कार्यक्रम सञ्चालनमा आउँदैछ । चितवनका ९८ वडा मार्फत परिचयपत्रको फारम भर्ने काम शुरु हुन लागेको जनाइएको छ । यसका लागि ११७ कर्मचारी नियुक्तिको प्रक्रियामा रहेका छन् ।

प्रकाशित मिति १२ फाल्गुन २०७६, सोमबार १४:०८