यी ९ रोगका लक्षण मुखबाटै थाहा हुन्छन्

काठमाडौँ । हाम्रो मुखबाट नै विभिन्न रोगको थाहा हुन्छ। मुखमा देखिने परिवर्तनले विभिन्न स्वास्थ्य सम्बन्धि समस्याको संकेत गर्छ। मुखको दुर्गन्धले डायबिटिज, पेटमा खराबी वा कलेजो रोगको संकेत गर्छ।

तसर्थ लगातार मुख गन्हाउँछ भने यसलाई गम्भीर रुपमा लिनुहोस्। लगातार मुख गन्हाउनुले दाँतको रोगको पनि संकेत गर्छ।

युवा अवस्थामै दात झर्नु किड्नी रोगको लक्षण भएको विभिन्न अध्यनहरुले देखाएका छन् । जिब्रोमा लेठ लाग्नुले कमजोर पाचन प्रणाली र भाइरल संक्रमणको संकेत गर्छ । दाँत पहलो हुनु कलेजोको खराबी र पहेँलो रोगको लक्षण हो।

जिब्रो सेतो लेठ लाग्नु यो एनिमिया वा रक्त अल्पताको संकेत हो।

शरीरमा प्रर्याप्त रगत नहुँदा यस्तो समस्या देखिन्छ। दाँतको इनामेल कमजोर हुनुले एसिडटीको लक्षण गर्छ।

निन्द्रामा दाँत किट्नु स्ट्रेसको लक्षण हो। स्ट्रेसमा कोर्टिसोल नाम गरेको हर्मोन अत्यधिक उत्पादन हुन्छ। जसका कारण दाँत किट्ने समस्या हुन्छ । भिटामिन बीको अभावले पनि ओठ फुट्छ।

प्रकाशित मिति १३ कार्तिक २०७७, बिहीबार १३:२६