हेर्नुहोस् क्यूट अभिनेत्री सन्ध्या के सीका ११ तस्वीर (फोटो फिचर)

भिजे तथा मोडलिङ हुँदै चलचित्रमा छाएकी अभिनेत्री सन्ध्या केसी पछिल्लो समय खासै चर्चामा छैनिन् । चलचित्र ‘पण्डित बाजेको लौरी’ मा उनले गरेको अभिनयको खुबै तारिफ भयो ।

चलचित्र ‘ड्रिम्स’ बाट फिल्म क्षेत्रमा डेब्यु गरेकी सन्ध्या सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुने गर्छिन् । चलचित्र ‘कमलेको बिहे’ बाट पनि उनी उस्ताहित थिइन् । तर यो फिल्म अझै रिलिज हुन सकेको छैन ।

सन्ध्याले सामाजिक सञ्जालमा भने आफूलाई खुबै अपडेट राख्छिन् । हेरौँ उनले शेयर गरेका र फ्यानले मन पराएका केही तस्वीर । यी तस्वीर हामीले सन्ध्याको इन्स्टाग्रामबाट लिएका हौं

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….

रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।

उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् । म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।

प्रकाशित मिति १३ कार्तिक २०७७, बिहीबार ११:३३