२४ घण्टामा थप २३६४ जनामा कोरोना सं’क्रमण पुष्टि, ३०३८ सं’क्रमणमुक्त

बितेको २४ घण्टामा थप २३६४ जनामा को’रोनाभा’इरस संक्र’मण पुष्टिभएको छ । यस्तै ३०३८ सं’क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९ हजार ७६९ जनाको पीसीआर परीक्षण भएको छ यससँगै हालसम्म पीसीआर परीक्षण संख्या १४ लाख १९ हजार ६४ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर कुल १ लाख ६४ हजार ७१८ जना संक्रमित रहेकोमा १ लाख २४ हजार ८६२ जना निको भएका छन् । हाल देशभर ३८ हजार ९५२ जना सक्रिय संक्र’मित रहेका छन् ।

यस्तै को’रोनाबाट मृ’त्यु हुनेको संख्या ९०४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७ जनाको मृ’त्यु भएसँगै मृ’तकको संख्या ९०४ पुगेको हो ।

प्रकाशित मिति १३ कार्तिक २०७७, बिहीबार १०:५३