पछिल्लो २४ घन्टामा १९५४ जनामा कोरोना सं’क्रमण पुष्टि

बितेको २४ घण्टामा देशभर थप १ हजार ९५४ जनामा कोरोनाभा’इरस सं’क्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ८ हजार २४८ जनाको पीसीआर भएकोमा १ हजार ९५४ जनामा सं’क्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार देशभर सक्रिय सं’क्रमितको संख्या ३९ हजार ६४३ रहेको छ। जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७०९ र होम आइसोलेशनमा ३१ हजार ९३४ रहेका छन् ।

यस्तै बितेको २४ घण्टामा थप २ हजार ९८१ जनाले कोरोना जितेका छन् भने यससँगै देशभर कोरोना जित्नेको कुल संख्या १ लाख २१ हजार ८२४ पुगेको छ ।

यसैबीच हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८८७ पुगेको छ । पछि ल्लो २४ घण्टामा मात्रै ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति १२ कार्तिक २०७७, बुधबार ११:०५