अभिनेता पल शाहले दशैंमा सियोना श्रेष्ठलाई पठाए एक लाख रुपैया दक्षिणा, उपचारमा सबैलाई सहयोग गर्न गरे अपिल (भिडियो हेर्नुस्)

काठमाडौ । अभिनेता पल शाह र उनको परिवारले पोल्याण्डमा उपचार गराईरहेकी बालिका सियोना श्रेष्ठको लागि एक लाख रुपैया दक्षिणा स्वरुप पठाएको छ । दशैंको उपलक्ष्यमा एक भिडियो सार्वजनिक गर्दै पल शाहको बहिनी रोशनी शाहले त्यसवारे जानकारी गराएकी हुन् ।

भिडियोमा दशैंको लक्षिणा स्वरुप सियोनाको उपचारका लागि सहयोग पुगोस् भनेर आफुहरुले यो रकम सहयोग गरेको बताएका छन् । रकम पठाउँदै अभिनेता र उनको परिवारले सियोनाको स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

सियोनाको उपचार नेपालमा सम्भव नहुने र उपचार गर्न २५ करोडको हाराहारीमा खर्च लाग्ने भएपछि सियोनाको बुवाआमा यतिबेला सहयोग अपिल गरिरहेका छ । जसमा केही नेपाली सेलिब्रेटीहरुले पनि साथ दिएका छन् ।

तर, थोरै सेलिब्रेटीहरुले मात्र आर्थिक सहयोग गरेका कारण आफ्नो छोरिको जीवन रक्षाको निम्ति सबै सेलिब्रेटिहरुलाई सकेको आर्थिक सहयोग गर्न सियोनाको आमा एलिनाले आग्रह गरेकि छन् ।

१३ महिने सियोना श्रेष्ठको अहिले पोल्याण्डमा उपचार भइरहेको छ । यसअघि अभिनेत्री वर्षा राउतले ३० हजार, गायक बुद्ध लामाले १० हजार, हास्यकलाकार कुमार कट्टेलले १० हजार आर्थिक रकम सहयोग गरे भने यता परमिताले ईन्स्टाग्राममा अनलाईन स्टोर नै सुरु गरेकी छन् ।

जहाँ बिक्री भएर आएको रकम सियोनाको उपचारमा खर्च हुनेछ । यस्तै अभिनेत्री करिष्मा मानन्धरले पनि सहयोग गरेको बताएकी छिन् । उनले फेसबुकमा एक स्ट्याटस लेख्दै अभिनेत्री परमिता आरएल रानाले सुरु गरेको अभियान मार्फत सहयोग गरेको लेखेकी छन् ।

प्रकाशित मिति १२ कार्तिक २०७७, बुधबार ०९:५७