झा’रफुक गर्ने ब’हानामा महिलालाई निर्व’स्त्र पारेर यौ’न शो’षणा गर्ने ‘माता र धामी’ प’क्राउ

गाइघाट । झा’रफुक गरी रोग निको पारिदिने ब’हानामा महिलामाथि यौ’न शो’षण गरेको आ’रोपमा उदयपुर प्रहरीले १ महिला र १ पुरुष गरी २ जनालाई प’क्राउ गरेको छ ।

आफूलाई धामी बताउने अर्जुन भनिने स्थानीय ३९ वर्षीय चूडामणि श्रेष्ठ र आफूलाई माता बताउने ४५ वर्षीय जुना राईलाई प्रहरीले पक्रा’उ गरेको हो ।

बिरामी परेर आएका २ जना महिलालाई झारफु’क गर्ने भन्दै निर्व’स्त्र पारेर यौ’न शो’षण गरेको तथा १ लाख रुपैयाँ नगद र सुनको औंठी ठ’गी गरेको आ’रोपमा उनीहरुलाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहालले जानकारी दिए ।

एसपी दाहालका अनुसार उनीहरुले जुना राईकै घरको कोठामा राखेर २ जना महिलालई भू’त लागेको भन्दै उपचार गर्ने बहानामा १ लाख रुपैयाँ र सुनको औंठी लिएका थिए । यस्तै, शिवजीको उपचार गर्दा निर्व’स्त्र हुनुपर्ने भन्दै यौ’न शो’षण गर्ने गरेको पनि एसपी दाहालले बताए ।

पक्रा’उ परेका दुवै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय उदयपुरको हि’रासतमा राखिएको छ । दुवै जनावि’रुद्ध थप अनु’सन्धान भइरहेको एसपी दाहालले बताए ।

प्रकाशित मिति १२ कार्तिक २०७७, बुधबार ०२:०९