सुनको भाउको नयाँ रेकर्ड, ८० हजार नाघ्यो

नेपाली बजारमा सुन चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । साताको दोस्रो दिन सुनचाँदीको मूल्य बढेको छ ।

सुनको भाउ तोलाको ८० हजार नाघेको छ ।आज तोलामा १५ सय रुपैयाँ बढेर ८० हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

यो अहिलेसम्मकै उच्च भाउ हो । चीनलगायतका देशमा कोरोना भा’इरस फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ आकासिएको महासंघअन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो ।

यस्तै चाँदी आज ५ रुपैयाँ बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति १२ फाल्गुन २०७६, सोमबार ०६:०८