८० हजार नजिक पुग्यो सुनको मूल्य

काठमाडौं– नेपाली बजारमा सुन चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । बढेसँगै मूल्य ८० हजार नजिक पुगेको छ ।

चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको प्रभाव सुन बजारमा पनि परेको महासंघले जनाएको छ ।

शुक्रबार ७८ हजार १ सयमा कारोबार भएको छापावाला सुन आइतबार ७ सयले बढेर ७८ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ७८ हजार ५ सयमा कारोबार भइरहेको छ ।

चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको प्रभाव सुन बजारमा पनि परेको महासंघले जनाएको छ ।

प्रकाशित मिति ११ फाल्गुन २०७६, आईतवार ०७:१६