धुर्मुसको फिल्म ‘सेन्टी भाइरस’ ले २ दिनमै कमायो यति करोड !

काठमाडौं – सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (कुञ्जना घिमिरे) को फिल्म ‘सेन्टी भा’इरस’ ले बक्स अफिसमा आ’क्रामक व्यापार गर्न सफल भएको छ । शिवरात्रिको अवसर पारेर विदाको दिन रिलिज भएको यो फिल्मले पहिलो दिन नै उत्साहजनक व्यापार गरेको थियो ।

रामबाबु गुरुङ निर्देशित यो फिल्मले पहिलो दिन १ करोड १२ लाख ग्रस कलेक्सन गरेको बताइएको छ । निर्माण टिमको दाबीअनुसार फिल्मले शुक्रवारको दिन यति कमाइ गरेको हो ।

शुक्रवार र शनिवार राजधानीका सिङ्गल थिएटरमा दर्शकको चाप थियो । फिल्म हेर्न दर्शक ओइरिएका थिए ।

फिल्मको शनिवारको व्यापार भने अझै बढी छ । विदाको दिन परेकाले पनि फिल्मले शनिवार आ’क्रामक व्यापार गरेको छ । निर्माण टिमको आँकडा अनुसार फिल्मले दोस्रो दिन १ करोड ३५ लाख कमाइ गरेको छ

फिल्मकै लागि भने सीताराम कट्टेल गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालास्थल, चितवनबाट काठमाडौं आएका छन् । शुक्रवार र शनिवारको आ’क्रामक भिडले धुर्मुस पनि हौसिएका छन् ।

प्रकाशित मिति ११ फाल्गुन २०७६, आईतवार ०६:३३