उडिरहेको हेलिकोप्टरबाट ३१ थान जस्तापाता खसेपछि…!

सोलुखुम्बु- सोलुखुम्बुमा पटक-पटक उडिरहेको हेलिकोप्टरबाट निर्माण सामग्री लगायतका वस्तुहरु खस्न थालेपछि स्थानीयले हवाइ उडानका कारण आफूहरु अ’सुरक्षित भएको जनाएका छन् ।

उनीहरुले यसबारे प्रहरी प्रशासनसँग गु’हार मागेको भए पनि कुनै सुनुवाई नभएको बताए । पछिल्लो पटक शनिबार मात्र खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ दिङ्बुचेका लागि कार्गोसहित उडेको हेलिकोप्टरबाट जस्तापाता लगायतका निर्माण सामग्री खसेका थिए ।

यसअघि गत भदौ १९ गते उडिरहेको कैलास एअरको हेलिकोप्टरबाट सोलुदूधकुण्ड नगरपालिका २ को फेरामा सिरक लगायतका सामग्री खसेका थिए ।

शनिबार बिहान साढे १० बजे सोलुदूधकुण्ड नगरपालिका १ को लुङ्दिङ खोलाकाे जङ्गलमा २ रोल म्याटिस र इको प्यानलको ३१ थान जस्तापाता खसेको प्रहरीले जनाएको छ ।

जस्तापाता लगायतका निर्माण सामग्री लिएर उडिरहेको हेलिकोप्टरबाट केही जस्तापाता लगायतका सामग्री जंगलमा खसेका कारण कुनै मानवीय क्षति नभएको प्रहरी निरीक्षक (इन्स्पेक्टर) महेन्द्र दर्नालले जनाए ।

प्रकाशित मिति ११ फाल्गुन २०७६, आईतवार ०३:०९