रोनाल्डोको आज १ हजार औं खेल हुने

पोखरा – क्रिष्टियानो रोनाल्डोका लागि खेल जीवनको आज ऐतिहासिक दिन । शनिबार राति हुने खेलमा उनी आफ्नो खेल जीवनको १ हजार औं खेल खेल्दैछन् ।

एउटा खेलाडीका लागि लगातार १ हजार खेलको यात्रा आफैंमा ऐतिहासिक मानिन्छ । क्रिस्टियानो रोनाल्डो १ हजार खेल खेल्ने त्यस्ता भाग्यमानी खेलाडी हुन् जो आफैं संसारमा उत्कृष्ट खेलाडीको चर्चामा समेत रहिरहे।

इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति हुने खेलमा युभेन्टसका रोनाल्डोले जीवनको महत्वपूर्ण खेल खेल्न लागेका हुन् ।शनिबार राति युभेन्टसले एसपिएएलसँग प्र’तिस्पर्धा गर्दैछ ।

पोर्चुगलका रोनाल्डोले अहिलेसम्म क्लब फुटबलमा ८३५ तथा राष्ट्रिय टिमबाट १६४ खेल खेलेका छन् । पाँच पटक बालोन डी ओर अवार्ड जितेका रोनाल्डोको खेल जीवनको सुरुवात लिस्बोनको क्लब स्पोर्टिङ्गबाट भएको थियो ।

प्रकाशित मिति १० फाल्गुन २०७६, शनिबार ०८:३०