अब मास्कबाटै श्वासप्रश्वासको अवस्था थाहा पाइने

पोखरा – चिनियाँ टेक कम्पनी शाओमीले श्वासप्रश्वासको मापन पनि गर्न मिल्ने गरीको मास्क उत्पादन गर्ने भएको छ ।

चीनमा अत्यासलाग्दो गरी बढेको वायु प्रदुषणले मानिसहरु समस्यामा परिरहेका बेला शाओमीले श्वासप्रश्वासको पनि मापन गर्न मिल्ने गरी स्मार्ट मास्क बनाउन लागेको हो ।

शाओमीले बनाउन लागेको स्मार्ट मास्कको नयाँ पेटेन्ट पनि दर्ता गराएको छ । कम्पनीले अमेरिकाको पेटेन्ट एण्ड ट्रेड मार्क कार्यालय (युएसपीटिओ) मा सो पेटेन्ट दर्ता गरेको हो ।

शाओमीको पेटेन्ट फाइल अनुसार कम्पनीको स्मार्ट मास्क विभिन्न चार ओटा मोडलमा उपलब्ध हुनेछ । यसमा इन्बेडेड कम्प्युटिंग युनिट रहने छ । यसमा एक प्रोसेसर पनि समावेस रहेको हुन्छ जसले मास्कको फ्यानमा रहने सेन्सरबाट सबै डाटालाई गणना गर्ने गर्दछ । त्यसपछि यी डाटाहरु मेमोरी मोड्युलमा स्टोर हुने छन् ।

यसबाहेक मास्कमा जडान गरिएको एक मोड्युलबाट सबै डाटा रिले हुनेछन् । यी कामका लागी चाहिने पावरको लागी मास्कमा इनबिल्ट ब्याट्री राखिएको रहेको हुनेछ । यी सबैका लागी स्मार्ट मास्कमा स्ट्यान्डर्ड फिल्टर हुनेछ ।

प्रकाशित मिति १० फाल्गुन २०७६, शनिबार ०४:२१