आज ७० औं प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइँदै

पोखरा – १०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।

जनक्रा’न्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । सरकारले प्रजातन्त्र दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।
प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै अहिले हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल पाएका छौँ । प्रजातन्त्र दिवस मूल समारोह समितिले आज विहान सैनिक मञ्च टुँडिखेलमा औपचारिक समारोहको आयोजना गर्दैछ ।समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख लगायतको उपस्थिति रहनेछ

१०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।

यसैवीच प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न राजनीतिक दलका नेताहरुले प्रजातन्त्र दिवसको शुभकामना सन्देश जारी गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना सन्देश जारी गर्दै प्रजातन्त्र शब्दमा नभइ कर्ममा र रुपमा नभइ सारमा झल्किनुपर्ने जनाएका छन् ।

प्रकाशित मिति ७ फाल्गुन २०७६, बुधबार ०१:२६