रिहा लगतै महरालाइ प्रचण्डले फोन गरेर यसो भने….

५ फागुन, पोखरा । बला त्कार आरो पमा अदालतबाट सफाइ पाएसँगै डिल्लीबजार कारागारबाट छुटेका पूर्वसभामुख कृष्णबहादुर महरा र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोनमा कुराकानी भएको छ ।

जिल्ला अदालत, काठमाडौंले सोमबार महरालाई स फाइ दिएको थियो । लगतै प्रहरीले उनलाई डिल्लीबजार कारा गार पुर्‍यायो । त्यहाँ सबै प्रक्रिया पूरा गरेपछि उनी रि हा भए ।

जे लबाट छुटेर बाहिर निस्कने क्रममा महरालाई नेकपा अध्यक्ष प्रचण्डको फोन आएको थियो । उनले महरालाई निर्दो ष सावित भएकोमा बधाई दिएका थिए ।

सम्बन्धित समाचार :आजको संयोग : पूर्वसभामुख महरा जे लबाट छुट्दा पूर्वउपसभामुख तुम्बाहाङफे बनिन् मन्त्री व्यवस्थापिकाका दुई पूर्व उच्च पदस्थको हकमा संयोगवश सोमबार अनौठो घटना भयो। संयोग कस्तो भने पूर्वसभामुख कृष्णबहादुर महराले ज व र जस्ती क र णी उद्योग मु द्दामा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाउँदै गर्दा उनकै कार्यकालकी पूर्वउपभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन मन्त्रीमा नियुक्त गरिन्।

बला त्कार आरो पमा अदालतबाट सफाइ पाएसँगै डिल्लीबजार कारागारबाट छुटेका पूर्वसभामुख कृष्णबहादुर महरा र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोनमा कुराकानी भएको छ ।

संसदमा दुई पूर्व उच्च पदस्थमध्ये एक महराले ज व र जस्ती क र णी उद्योगमा सभामुख पद गुमाउँदै जे ल सम्म जानु परेको थियो। यता पूर्वउपसभामुख तुम्बाहाङफेलाई नेकपा नेतृत्वले सभामुखमा नपत्याउँदा सभामुख-उपसभामुख एकै दलबाट नहुने कानुनी व्यवस्थाका कारण पद छाड्नु परेको थियो।

महरा ब ला त्का र मु द्दा मा पुर्पक्षका लागि जे ल चलान भएपछि उपसभामुख तुम्बाहाङफेले अर्काले गरेको गल्तीको सजाय आफूले नभोग्ने भन्दै करिब तीन महिनासम्म पद नछाड्ने अडान लिइरहिन्। तर नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अनिच्छुक भएपछि उनले पद गुमाएकी थिइन्।

दुवै अध्यक्षले उपसभामुख पद त्यागेमा मन्त्री बनाउने आश्‍वासन दिएका थिए। दुई अध्यक्षको उक्त आश्वासन प्रतिनिधि सभाकी समानुपातिक सांसद तुम्बाहाङफेका लागि सोमबार पूरा भयो। तुम्बाहाङफे अपरान्ह ४ बजे मन्त्रि पदको सपथ लिन शीतल निवास पुग्दा महरा डिल्ली बजार कारागारमा पूर्वआइजी रमेशचन्द्र ठकुरीको हातबाट बिदाइको खादा लगाइरहेका थिए।

प्रकाशित मिति ५ फाल्गुन २०७६, सोमबार १२:४७