अण्डा नल्याएको भन्दै श्रीमती पोइल गइन !

यो दुनियामा विचित्र घटना खोज्न टाढा जानु पर्दैन,नेपाली समाजमा पछिल्ला दिनहरुमा समाजमा हरेक दिन नयाँ र फरक कामहरु भइरहेका हुन्छन् । जुन कुरा सुन्दा हामीलाई विश्वास गर्न गाह्रो हुन्त तर ति वास्तवमैं सत्य हुन्छन् छिमेकमै भइरहन्छन् विचित्रका काण्डहरु। हालै छिमेकी मुलुक भारतको उत्तरप्रदेशस्थित गोरखपुर जिल्लामा एउटा यस्तै विचित्रको घटना भएको छ।

विवाहित महिलाहरु परपुरुषसँग पोइल जाने घ’टनाहरु यदाकदा सुनिन्छन्। आफ्नो लोग्नेलाई छाडेर अर्को पुरुषसँग पोइल जाने कुरा वास्तवमा कुनै सामान्य कुरा होइन। पोइल जानुका कुनै खास खास हुन्छन्। तर कहिलेकाहीँ एउटा अण्डासमेत पोइल जानुको कारण बन्दो रहेछ।

हो, लोग्नेले अण्डा नल्याइदिएको नि’हुँमा एकजना महिला पोइल गएकी छिन्। गोरखपुरको क्याम्पियरगञ्ज गाउँमा बस्ने ती महिला ४ महिना पहिले पनि प्रेमीसँग भागेर केही दिनपछि घर फर्किएकी थिइन् । तर यो पाला चाहीँ अण्डाको नि’हुँमा उनले लोग्नेलाई छाडेर प्रेमीसँग पो’इल गएरै छाडिन्।

चार महिनाअघि आफू भागेको त्यो घटनाका बारेमा पुलिससँग बयान दिने क्रममा ती महिलाले अण्डा खान नपाएकै कारण आफू लोग्नेसँग बेखुस भएको खुलासा गरेकी थिइन्। उनका अनुसार लोग्नेचाहिँले उनलाई अण्डा खान नदिएका कारण उनलाई निकै चित्त दुखेको रहेछ।

गत शनिवार पनि अण्डाकै विषयमा उनको लोग्नेसँग झगडा पर्यो र घरबाट निस्किन्। उनका प्रेमी पनि आफ्नो घरमा नभएका कारण उनी प्रेमीसँगै पोइल गएको अनुमान गरिएको छ।

विचरा ती महिलाका पतिले दैनिक मजदूरी गरेर परिवार पाल्दै आएका थिए। त्यसैले परिवारका लागि दिनहुँ अण्डा किनेर ल्याउन नसकेको उनले बताए।

आफ्नो यहीँ कमजोरीको फाइदा उठाउँदै पत्नीको प्रेमी बेला बेलामा अण्डा लिएर आफ्नो घरमा आउने गरेको पनि उनी बताउँछन्।

विवाहित महिलाहरु परपुरुषसँग पोइल जाने घ’टनाहरु यदाकदा सुनिन्छन्। आफ्नो लोग्नेलाई छाडेर अर्को पुरुषसँग पोइल जाने कुरा वास्तवमा कुनै सामान्य कुरा होइन। पोइल जानुका कुनै खास खास हुन्छन्। तर कहिलेकाहीँ एउटा अण्डासमेत पोइल जानुको कारण बन्दो रहेछ जुन हामीले प्रस्तुत गर्यौ ।
-एजेन्सीको सहयोगमा

प्रकाशित मिति ५ फाल्गुन २०७६, सोमबार ११:३६