बिछोडको मोडमा यी सेलिब्रिटीहरु:

मनोरञ्जन उद्योगमा प्रेम गर्नभन्दा ज्यादा टिकाउन गाह्रो छ। यो साल केही चर्चित जोडीले आफ्नो प्रेम सम्बन्ध बचाउन सकेनन्।

१ शिल्पा पोखरेल-छवि ओझा
वर्षको सबैभन्दा चर्चित ब्रेकअप शिल्पा पोखरेल र छवि ओझाको रह्यो। शिल्पाले छविले घरे लु हिं सा गरेको आरो प लगाउँदै प्रहरीमा उ जुरी दिएपछि दुई वर्षअघि मात्र विवाह गरेको यो जोडी झग डामा उत्रि यो। तर, यो झ गडा यति कु रूप भयो कि यसले सेलिब्रिटीको इमे जमाथि नै प्रश्न उठायो। छवि ओझा र पूर्वपत्नी रेखा थापाको झ गडा पनि मिडियामा यसरी नै छरपस्ट भएको थियो।

२ जसिता गुरुङ-प्रदीप खड्का
यो जोडीले आफूहरू प्रेममा रहेको कहिल्यै स्वीकार गरेन, तर दुवैलाई नजिकबाट चिन्नेहरू भन्छन्, दुवैका गतिविधिमा प्रेमको मात्रा प्रशस्त थियो। तर, ‘लभ स्टेसन’ फ्ल प भएपछि उनीहरूको बाटो बदलियो। प्रदीपले अभिनय गर्ने ‘प्रेम गीत ३’मा नयाँ हिरोइन फाइनल भएसँगै दुवैको ब्रे कअप को चर्चाले शहर गर्माएको थियो, तर पुष्टि केही दिनअघि मात्र भयो। दुवैको ब्रे कअप भएको दाबीसहित थुप्रै अनलाइनले समाचार पनि लेखिसकेका छन्।

३ सन्ध्या केसी-दर्शन भट्टराई
अभिनेत्री तथा भीजे सन्ध्या केसी र कार्पेट व्यवसायी दर्शन भट्टराईको प्रेम पनि यो साल टु ट्ने मा पर्‍यो। तर, अफेयरमा रहेको हल्ला जसरी बाहिरिएको थियो, छु ट्दा त्यति हल्ला भएन। अहिले सन्ध्या अमेरिकातिर घुमिरहेकी छिन्।

४ ज्योत्स्ना योगी-रजत खड्का
‘म त तिम्रै हुँ’ अभिनेत्री ज्योत्स्ना सिंह ठकुरीको नाम पहिलो पल्ट सोही फिल्मका अभिनेता आकाश श्रेष्ठसँग जोडिएको थियो। तर, फिल्म उत्रिएसँगै दुवैको अफे यरको हल्ला पनि उत्रिएको थियो। यसपछि उनको नाम रजत खड्कासँग जोडियो। तर, रजतसँग पनि ज्योत्स्नाको प्रेम धेरै टिकेन। रजतले ज्योत्स्नालाई छाडेर मेकअप आर्टिस्ट इच्छा कार्कीसँग विवाह गरे।

५ आँचल शर्मा-पल शाह
आँचल शर्मा र पल शाहले पनि मुखले अ फेयरमा रहेको कहिल्यै स्वीकार गरेनन्, तर प्रेमी–प्रेमिकावाला व्यवहार भने देखाइरहे। वर्षको मध्यतिर आँचल र पलको ब्रे कअ पको खबर बाहिरियो। यतिबेला आँचल उदिप श्रेष्ठसँग विवाहको तयारीमा छिन् भने सुनिन्छ भने पल शाह भने आजभोलि आँचललाई छाड्नुपरेकोमा चु कचुकाइरहेको चर्चा इन्ड स्ट्रीमा सुनिन्छ।

६ निलम शाह-रामकृष्ण ढकाल
गायक रामकृष्ण ढकाल र निलम शाहको सम्बन्ध विच्छे द यो सालको चर्चित का ण्ड मध्ये एक रह्यो। सहकारीको ऋ णको कारण समाचारमा आइरहेका ढकालले एक दिन सुटुक्क निलमसँग पारपाचुके गरे। तर, यो पारपाचुके शं का को घेरामा नै छ। उनीहरू निकट स्रोतका अनुसार ढकालले सहकारीबाट सम्पत्ति बचाउन सम्बन्ध विच्छेदको नाटक गरेका हुन्। नभन्दै ढकाल छोरी र ‘पूर्वश्रीमती’लाई लिएर आशा भोस्लेको कार्यक्रममा देखिएपछि उनीहरूको सम्बन्ध वि च्छेद नाटक मात्र रहेको दाबी गर्नेलाई बल पुगेको थियो।

७ उषा खड्गी-जिपी तिमल्सिना
नपत्याउने खबर उषा खड्गी र जिपी तिमल्सिनाको पनि रह्यो। १५ वर्षअघि विवाह गरेको यो जोडी पनि अहिले सम्बन्ध वि’च्छेदका लागि अदालतको आदेश कुरेर बसिरहेको छ। झग डाको कारण बाहिरिएको छैन, तर स्रोत भन्छ, यहाँ पनि घर टु ट्ने मुख्य कारण घरे लु हिं सा नै हो। जिपी र उषाका एक छोरी र एक छोरा छन्।

मनोरञ्जन उद्योगमा प्रेम गर्नभन्दा ज्यादा टिकाउन गाह्रो छ। यो साल केही चर्चित जोडीले आफ्नो प्रेम सम्बन्ध बचाउन सकेनन्। तिनीहरुमा शिल्पा पोखरेल-छवि ओझा, जसिता गुरुङ-प्रदीप खड्का, सन्ध्या केसी-दर्शन भट्टराई, ज्योत्स्ना योगी-रजत खड्का, आँचल शर्मा-पल शाह, निलम शाह-रामकृष्ण ढकाल र उषा खड्गी-जिपी तिमल्सिना रहेको छन् ।

प्रकाशित मिति २ फाल्गुन २०७६, शुक्रबार १२:३५